Wednesday, May 14, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

अभिमन्यूले चक्रब्युह बारे गर्भमै सिके

February 2, 2023
in विविध
अभिमन्यूले चक्रब्युह बारे गर्भमै सिके
‘अभिमन्यु’ अर्जुन र सुभद्राका छोरा हुन्, जसलाई महाभारत युद्धको १३ औं दिनमा चक्रब्युहमा पारेर अग्रजहरुले हत्या गरेका थिए । महाभारत युद्धमा ४० वटा ‘ब्युह’को प्रयोग भएको थियो जसमध्येको एक ‘चक्रब्युह’ गुरु द्रोणाचार्यले निर्माण गरेका थिए ।
चक्रब्युह एक प्रकारको सैनिक संरचना थियो जहाँ ठिकैका सैनिकहरुलाई अगाडीको घेरामा राखिन्थ्यो भने शक्तिशालीहरु बीचतिर र पछिल्लो घेरामा हुन्थे । अभिमन्युले चक्रब्यहको कथा उनी आमाको गर्भमा हुँदा नै सुनेका थिए ।
अर्जुनले पत्नी सुभद्रालाई युद्धमा चक्रब्युहमा पसेर निस्कने कथा सुनाउँदा सुनाउँदै उनी निदाएकीले अभिमन्युलाई कसरी पस्ने र युद्ध गर्ने थाहा भएपनि कसरी निस्कने भन्ने थाहा थिएन । उनी एक्लै भएको बेला चक्रब्युहमा पारियो ।
एक्लो अभिमन्युसँग सात जना नामी सारथीहरु लडे जुन युद्धको नियम बिपरित थियो । महाभारतमा बुँदागत रुपमा युद्धका नियमहरु बनाइएका थिए । नियमानुसार सूर्य उदाउनु अघि र अस्ताउनुपछि युद्ध गर्न पाइँदैन थियो । त्यस्तै एक्लो योद्धासँग एकभन्दा बढिले लड्न नपाउने नियम पनि थियो ।
अभिमन्युलाई यसरी मार्नुको परिणाम कौरब पक्षका योद्धाहरुले पनि करिब करिब त्यसैगरी भोगे । कर्णलाई बाण चलाउन लाग्दा अर्जुन रोकिए ।
‘किन रोकिएको ?’ भन्ने श्रीकृष्णको प्रश्नमा अर्जुनले भने- ‘कर्ण अहिले रथको खुट्टानिर छन्, उनको रथको खुट्टा भाँचिएको छ । म रथमा छु । रथ बाहिर भएको योद्धासँग लड्नु युद्धको नियम बिपरित हो ।’ अर्जुनको भनाईमा श्रीकृष्णको जबाफ थियो- ‘के अभिमन्युलाई मार्ने बेलामा यिनिहरुले युद्धको नियम पालना गरेका थिए ?’
त्यसपछि अर्जुनले कर्ण र अन्य धेरैमाथि बाण चलाए…पाप र धर्मको युद्ध महाभारतमा पाण्डवहरुको जित भयो |
Tags: अभिमन्यूले चक्रब्युह बारे गर्भमै सिके
ShareTweet

Related Posts

नेपालमा बौद्ध धर्म र सामाजिक मेलमिलाप
एभरेष्ट टेलिभिजन नेटवर्क

नेपालमा बौद्ध धर्म र सामाजिक मेलमिलाप

भट्टचन, कृष्ण बहादुर (२०५८) **नेपालमा बौद्ध धर्म र सामाजिक मेलमिलाप, पृष्ठ ९१–१०१ । स्वर्ण–स्मारिका स्वाायापुन्ही स्वर्ण जयन्ती, यल (२००९–२०५८) **।...

May 7, 2025
साल्पा राजा रिभ्यामा/रिब्रिमा/रिब्रिहाङमा र निरावाको ईतिहास
एभरेष्ट टेलिभिजन नेटवर्क

साल्पा राजा रिभ्यामा/रिब्रिमा/रिब्रिहाङमा र निरावाको ईतिहास

यो हाङलुङ(राजालुङ) साल्पा जाने बाटोमा रहेको किरातीहरुको निमित्त अत्यन्तै महत्वपुर्ण एक सांस्कृतिक/ऐतिहासिक पुरातात्विक महत्व बोकेको ऐतिहासिक स्थल हो।यस (हाङलुङ/राजालुङ)भोजपुर जील्ला...

February 9, 2025
तीज नेवार जातिले मान्दैनन् र मान्नु पनि पर्दैन, किन ?
एभरेष्ट टेलिभिजन नेटवर्क

तीज नेवार जातिले मान्दैनन् र मान्नु पनि पर्दैन, किन ?

हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन...

September 5, 2024
Once upon Bollywood Legend actor Dilip Kumar
एभरेष्ट टेलिभिजन नेटवर्क

Once upon Bollywood Legend actor Dilip Kumar

Dilip Kumar. (a bollywood actor) says: At the peak of my career, I was once travelling by plane. The passenger...

April 17, 2024
Next Post
गर्मी छल्न विश्वको सबैभन्दा ठूलो चट्टानमुनि बास

गर्मी छल्न विश्वको सबैभन्दा ठूलो चट्टानमुनि बास

राट्रिय नाचघर जमलमा कागेश्वरी

राट्रिय नाचघर जमलमा कागेश्वरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In