Saturday, June 21, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

चर्चित व्यक्तित्वहरूबाट नै यौन हिंसा

भदौ २४, काठमाण्डौँ ।

September 11, 2022
in अपराध
चर्चित व्यक्तित्वहरूबाट नै यौन हिंसा

पछिल्लो समय नेपालमा चर्चित व्यक्तित्वहरूबाट नै यौन हिंसा बढ्दै गएको छ । नायक पल शाह काण्ड सेलाउन नपाउदै चर्चित क्रिकेट कप्तान सन्दिप लामिछाने काण्ड बाहिरीएको छ ।

एक १७ वार्षीय नाबालिकाले आफुलाई क्रिकेटर सन्दीप लामिछानेले होटलमा लगेर बलत्कार गरेको आरोप लगाउदै गौशाला प्रहरीमा किटानी जाहेरी दिएपछि घटना बाहिरिएको हो ।

किटानी जाहेरीपछि प्रहरीले होटलको सिसिटिभि फुटेज संकलन गरि अनुसन्धान थालेको छ ।

फुटेजमा आरोपित लामिछाने र पिडित युवती भदौ ५ गते राती ११ बजेर ५५ मिनेटमा ११स्५५ मिनेटमा सिनामंगल स्थित एक होटलमा प्रवेश गरेको र भालि विहान पौने ७ बजेतिर होटलबाट बाहिरिएको देखिएको छ ।

पिडित युवतीले आफुलाई लामिछानेले दिनभरी नगरकोट घुम्न लगेको र जानीजानी रात पारेर होटलमा लगि पटक–पटक करणी गरेको जाहेरीमा उल्लेख गरेकीछिन ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्रबहादुर धानुक

 

उपत्यका प्रहरी कार्यालायका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्रबहादुर धानुकले लामिछानेलाई चाडै पक्राउ गरी अनुसन्धान गरिने बताउनु भयो ।

 

जिल्ला अदालत काठमाण्डौंले आरोपित लामिछानेलाई पक्राउ अनुमति दिइसेकोले लामिछाने पक्राउ पर्ने भएको हो ।

 

जिल्ला अदालत काठमाण्डौँले पक्रउन अनुमति दिएसंगै क्रिकेट संघ नेपाल क्यानले क्याप्टन लामिछानेलाई निलम्बन गरेको छ ।

 

अदालतले नै पक्राउ पुर्जी जारिगरेपछि आरोपित माथि कानुन बमोजिम अनुसन्धानको लागि मार्गप्रशस्त गर्न लामिछानेलाई निलम्बन गरिएको क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले बताउनु भयो ।

 

लामिछानेले भने आफू निर्दोष भएको र सीपीएल सकिनेबित्तिकै वेस्ट इन्डिजबाट नेपाल फर्किएर सो घटना तथा कानुनको सामना गर्ने बताउनु भयो ।

लामिछाने नेपाली टोलीको नेतृत्व गर्दै उनी केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न भदौ ६ गते नैरोबी प्रस्थान गरेका थिए  ।

प्रहरीले लामिछानेविरुद्ध मुलुकी अपराध संहिता २०७४ अनुसार अनुसन्धान सुरु गरेको छ ।

संहिताको दफा २१९ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ’ उल्लेख छ ।

संहितामा १६ देखि १८ वर्ष उमेरको नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको पुष्टि भएमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।

पीडितलाई प्रहरीले ‘एकद्वार संकट व्यवस्थापन केन्द्र’मा विस्तृत स्वास्थ्य परीक्षण गराएको छ ।

. . . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला।

हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं। सम्पादक।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98510 97929, 98088 94906

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

भिडियोलाई लाइक र च्यानेललाई सब्सक्राइब गर्नुहोला धन्यवाद ।

Tags: Breaking NewsCriketor SandipEverest NepalEverest NewsEverest TelevisionSandip Lamichhane Kandबलत्कार काण्डसन्दिप लामिछाने काण्ड
ShareTweet

Related Posts

सर्वोच्च अदालतका सन्की कर्मचारीको सनकमा रेशम चौधरी पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

सर्वोच्च अदालतका सन्की कर्मचारीको सनकमा रेशम चौधरी पक्राउ

बैशाख १७, काठमाडौं । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले सनकमा लेखेको एउटा पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं...

May 1, 2025
सुम्निमा पारुहाङको प्रतिमा तोडफोड
एभरेष्ट टेलिभिजन नेटवर्क

सुम्निमा पारुहाङको प्रतिमा तोडफोड

खोटाङ दिप्रुङ चुईचुमा गाउपालिकाको वडा न ६ छितापोखरिमा रहेको किरातीहरुको ईतिहास र पित्री पुर्खा सुम्निमा पारुहाङ पार्कमा रहेको सुम्निमा पारुहाङको...

April 12, 2025
१५ वर्षीया किशोरीको बीभत्स हत्या, हत्या अभियोगमा एक जना पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

१५ वर्षीया किशोरीको बीभत्स हत्या, हत्या अभियोगमा एक जना पक्राउ

खोटाङकी एक १५ वर्षीया किशोरीको मोरङमा बीभत्स हत्या भएको छ । ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे घर भएकी ज्ञानमती थुलुङ राईको मोरङ...

March 5, 2024
छोराछोरी पढाउन विदेशीएका बुबाले अर्कैको श्रीमतिसंग फरार
एभरेष्ट टेलिभिजन नेटवर्क

छोराछोरी पढाउन विदेशीएका बुबाले अर्कैको श्रीमतिसंग फरार

आमचोक गाउ पालिका वडा नं ९, दुमाना, भोजपुरको श्रीकुमार राईले श्रीमति र छोराछोरी हुँदाहुदै दोस्रो विवाह गरेपछि परिवार विचल्नीमा परेको...

December 5, 2023
Next Post
चितुवाको आक्रमणले घाइते

चितुवाको आक्रमणले घाइते

तपाइको मोबाइलमा एमडीएमएस मेसेज आयो ?

तपाइको मोबाइलमा एमडीएमएस मेसेज आयो ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In