Wednesday, May 14, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

दुई महिलालाई नाङ्गै घुमाइएको भिडिओ भाइरल

July 28, 2023
in अन्तराष्ट्रिय
दुई महिलालाई नाङ्गै घुमाइएको भिडिओ भाइरल

लामो समयदेखि हिंसा भइरहेको भारतको मणिपुर राज्यमा दुई महिलालाई नाङ्गै घुमाइएको भिडिओ अहिले भाइरल भएको छ । यो भिडिओका कारण भारतभर नै तरंग उत्पन्न भएको छ । मणिपुरमा मैतेई र कुकी समुदायबीच झण्डै दुई महिनायता झडप भइरहेको छ ।

राज्यमा हिंसा जारी नै रहँदा बुधबार सार्वजनिक भएको भिडिओले भारतको राजनीतिमा हलचल नै मच्चाएको छ । भिडिओमा कुकी समुदायका दुई महिलालाई हतियार बोकेका २०–२५ जना युवाको समुहले नाङ्गै घुमाइरहेको देखिन्छ ।

नाङ्गै परेड खेलाउने क्रममा युवा समूहले महिलाका गोप्य अंग चलाइरहेको समेत देखिन्छ । दुवै महिला निकै डराएका छन् । उक्त भिडिओ मे ४ तारिखको भएको बताइएको छ । दंगा सुरु भएको दोस्रो दिन नै उक्त कुकर्म भएको थियो । तर, अहिले भिडिओ सार्वजनिक भएको हो ।

भिडिओमा देखिने महिला एक जना २१ र अर्को ४२ वर्षका रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । केही सञ्चारमाध्यमले पीडित महिलासँग गरेको कुराकानीमा आफूहरूलाई कपडा नखोले तत्कालै मार्ने धम्की दिइएको बताएका छन् ।

सँगै नियन्त्रणमा लिएका दुईजना कुकी पुरुषलाई नजिकै खेतमा हत्या गरेपछि महिलालाई कपडा खोल्न लगाएर नाङ्गै घुमाइएको थियो । भिडिओ हेरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्नो हृदय पीडाले भरिएको बताएका छन् ।

संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री मोदीले यो घटनाले देशकै बेइज्जत गरेको भन्दै दोषीलाई कडा कारबाही गर्ने बताएका छन् । मणिपुरमा हिंसा सुरु भएयता प्रधानमन्त्री मोदीले पहिलोपटक त्यसबारे प्रतिक्रिया दिएका हुन् ।

विपक्षी दलले भने यो घटनालाई लिएर सरकारको आलोचना गरेका छन् । मणिपुर प्रहरीले यो घटनामा अपहरण, सामूहिक बलात्कार र हत्याको मामिलामा अज्ञात समूहविरुद्ध उजुरी दर्ता गरिएको जनाएको छ ।

मणिपुरका मुख्यमन्त्री वीरेन सिंहले दोषिलाई फाँसीको सजाय दिलाउन प्रयास गर्ने बताएका छन् । घटनामा संलग्नमध्ये अहिलेसम्म एकजना पक्राउ परेका छन् । भारतको सर्वोच्च अदालतले पनि यसमा चासो राख्दै स्वतस्जानकारीमा लिएको जनाएको छ । पूरै घटनाबारे २८ जुलाईमा सुनुवाइ हुने तय गरिएको बीबीसीले जनाएको छ ।

Tags: दुई महिलालाई नाङ्गै घुमाइएको भिडिओ भाइरल
ShareTweet

Related Posts

विश्व योग दिवसमा रबि शंकरको संयुक्त राष्ट्र संघबाट सम्बोधन
एभरेष्ट टेलिभिजन नेटवर्क

विश्व योग दिवसमा रबि शंकरको संयुक्त राष्ट्र संघबाट सम्बोधन

संयुक्त राष्ट्र संघको महासभाले गत डिसेम्बर ७, २०२३ मा डिसेम्बर २१ लाई योग दिवस घोषणा गरेसंगै यस वर्षबाट भाव्यताको साथ...

December 22, 2024
गोर्खाज विभेदको अन्तराष्ट्रियकरण
एभरेष्ट टेलिभिजन नेटवर्क

गोर्खाज विभेदको अन्तराष्ट्रियकरण

ब्रिटिश भूतपूर्व सैनिक संगठन (विगेसो)ले उठाएको मुद्धामा टर्की, जर्मन, बंगलादेश, भारत, नेदरल्याण्डस् लगायतका मूलुकहरूले समेत चासो राख्दै यस मुद्धालाई यथासिघ्र...

December 18, 2024
बेलायत र सिङ्गापुरे लाहुरेले न्याय पाउने
अन्तराष्ट्रिय

बेलायत र सिङ्गापुरे लाहुरेले न्याय पाउने

ब्रिटिश भूतपूर्व सैनिक संगठन (विगेसो)ले बेलायतले नेपालीलाई ब्रिटिश सेनामा भर्ती गराएर चरम विभेद गरेको भन्दै सन १०४७ नोबेम्बर ९ मा...

November 7, 2024
‘जीवन दान’ उपमाले चिनिएको मैनाली गरेले आत्मदाह
एभरेष्ट टेलिभिजन नेटवर्क

‘जीवन दान’ उपमाले चिनिएको मैनाली गरेले आत्मदाह

२ सय पटक भन्दा बढि रक्तदान गरेर चर्चामा आएको अर्जुनप्रसाद मैनालीले आत्मदाह गरेको खुलेको छ । आफ्नो सालो रमेश तथा...

February 13, 2024
Next Post
राष्ट्रपतिको उपचार खर्च ब्यहोर्ने सरकारको निर्णयविरुद्ध रिट सर्वोच्चमा रिट दायर

राष्ट्रपतिको उपचार खर्च ब्यहोर्ने सरकारको निर्णयविरुद्ध रिट सर्वोच्चमा रिट दायर

मगर, तामाङ लगायत समुदायबारे विवादास्पक अभिव्यक्ति दिएका अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी

मगर, तामाङ लगायत समुदायबारे विवादास्पक अभिव्यक्ति दिएका अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In