Saturday, May 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

निष्ठाको उपज हर्क साम्पाङको जित

जेठ ८ ।

May 25, 2022
in निर्वाचन विशेष
निष्ठाको उपज हर्क साम्पाङको जित

स्थानीय तहको निर्वाचनको मतपरिणामसंगै नेपाली राजनीतिमा नया मोड लिएको छ । कुनैपनि पार्टीमा अबद्ध हुनु र जस्तोसुकै भ्रष्टचारी र बेथितिको भएपनि आफुले मनपरेको पार्टीलाई जिताउन साम, दाम, दण्ड, भेद अथवा वेदको मन्त्रदेखि अपरण, हत्यासम्म कुनै कसुर नराख्ने नेपालीहरूको राजनीतिक अचेतन मनस्थिति र अन्धविश्व प्रवृतिमा धरान उपमानगर पालिका र काठमाडौँ महानगरपालिकामा आएको नया अनुहारले कथिक मुलधारका राजनीति मात्रै होइन, नेपाली सञ्चार जगतदेखि सामाजिक सञ्जालभरि नया अनुहारका समाचार र शुभकामनाहरू भरिभराउ छ । धरान शहर यति खेर मेयर हर्क साम्पाङको जयजय कारमा छ । उल्लासमयपूर्ण छ । उत्सबमय धरान । कथित मुलधारको राजनीतिलाई पछार्दै जनताको जितको खुशीयालीमा छ । दलीय राजनीति भन्दा बेग्लै पहिचानमा छ । आफ्नै स्वतन्त्र जितमा छ । जनताको जितमा छ । धरान उपमहानगर पालिकोको मेयर विजेता हर्क साम्पाङ र काठमाण्डौ महानगरपालिकामा बालेन साहको अत्याधि मतभिन्ताको साथअग्रताले अबको मतदातामा आमुल परिवर्तन आएको संकेत हो नै । अर्को तर्फ कथित ठुला भनाउदा दललाई अबको दिनामा सोच्न बाध्य बनाएको छ । चुनाब जित्न दलबल सहित तामझाम र पार्टी झण्डा फरफराएर भन्दा पनि आम जनमानसको पक्षमा उभिने हिम्मत गरे वा सच्चा र इमानदारी बने एक्लैले निर्वाचन जित्न सकिन्छ भन्ने उदहरणीय बनेको छ मेयर हर्क साम्पाङ ।   सर्वप्रथम को हुन मेयर, हर्क साम्पाङ र उनको पृष्ठभूमि के हो ? खोटाङको जिल्लाको खार्तम्छामा २०३९ सालमा जन्मिएका हर्क साम्पाङ पूर्वब्रिटिश लाहुरेका छोरा हुन । शुक्रबारे माविबाट प्रबेशीका उतीर्णपछि २०५५ सालमा उच्च शिक्षा अध्ययनको लागि धरान झरेका साम्पाङ महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीति र समाजशास्त्रमा स्नातकसम्म अध्ययन गरेका छन् । ट्युसन सेन्टरमा केही समय अंग्रेजी र कम्प्युटर पढाएका साम्पाङ बैदेशिक रोजगारीको सिलसिलामा ६ वर्षसम्म इराक र अफगानिस्तानमा पनि बिताए। समाज सेवा र साहित्यामा रुचि भएका साम्पाङले मिसिङ हर्ट नाम एल्बम बजारमा ल्याउनुको साथै केही गीत लेखन र स्वर समेत भरेकाछन । गीत सङ्गीतको पाटो भन्दा समाजको सुधारको बाटो बढि आवश्यकता ठानेका साम्पाङ, धरान सहरमा देखापरेको बेथिति र विचलनसंग सधै लडि नै रहे । हक्की स्वभावका साम्पाङ सर्बसाधरणको हक, अधिकार, समानता, सुशान र न्यायको लागि सधै अगि सरे । दलीय स्वर्थ र भ्रष्टचारले गिजोलेको राजनीतिक समाजलाई परिवर्तनको लागि अरु संघर्ष गर्दा कहिले जेल परे त कहिले फर्जी अभियोगमा पक्राउ परे । तर कहिल्यै हिम्मत हारेनन् । मदन भण्डारी राजमार्गले धनकुटे रोड किनारका सयौं परिवारलाई उठीबास लगाउने भएपछि संघर्ष समिति गठन गर्नेक्रममा सहसंयोजकको भूमिका पाएको साम्पाङ त्यही आन्दोलनको कारण धरानबासीसामु स्थापित गरायो । त्यस पश्चातको समयअवधिमा भ्रष्टचार र बेथितीविरुद्ध निरन्तर बोल्न थाले। सडकको खाल्डाखुल्डीदेखि नगरपालिका र विपी प्रतिष्ठानको भ्रष्टचार, सुकुम्बासी संरक्षण र व्यवस्थान, महंगी नियन्त्रणबारे सधै अगि सरे । खानेपानीको विषयमा त लामो समयदेखि नै संघर्षरत रहे । स्थानीय मुद्दा मात्र होइन, सिमा अतिक्रमण र एमसिसिविरुद्ध पनि उनी कहिले एक्लै प्रर्दशनमा हिँड्थे, कहिले सिमित संख्यामा आफ्नो समर्थकहरुको साथमा विरोध प्रर्दशन गर्थे। सिमा अतिक्रमणको मुद्दा चर्किदा उनले इटहरीस्थित नेपाली सेनाको पूर्वपृतनासंग सेनालाई ब्यारेकमा होइन, सिमानामा खटाऊ भन्दै प्रर्दशन समेत गरे। सर्दु खोला जथाभावी उत्खनन् भएको विरोधमा जादा ठेकेदारको समुहले उनका समर्थकहरुलाई सांघातिक आक्रमण गरेर घाइते समेत बनाए । खानेपानी पाइप तोडफोड गरेको आरोपमा पक्राउ परेका थिए। जनताको सामान्य जनजीवनको मुद्धलाई प्राथमिकता दिने मेयर साम्पाङले आफुले गरेको हरेक कुरा समाजिक सञ्जाल फेसबुकबाट लाइभ गर्छन । त्यहीको उनको लाइभको माध्यमबाट विदेशमा रहेका हजारौं धराने मानिस उनीसँग जोडिएका छन्, र उनको अभियानबारे जानकार छन्। उनले चुनाव चिह्न लौरो पाएपछि सबै वडामा घरदैलो गर्न पाएनन् र फेसबुकबाट नै चुनावी अभियान गरेका थिए। साम्पाङ आफ्नो शक्तिको स्रोत निष्ठा र निरन्तरता भएको बताउँछन्। उनी २०७६ को धरानको मेयरको उपनिर्वाचनमा पनि उम्मेद्धर बनेपनि त्यस बखत धराने मतदाताले उनको उम्मेद्धरको भ्याउ राम्रोसंग पाउन सकेको थिएन । बरु कम्युनिष्ट गढ धराने मतदाताले परिवर्तनको पक्षमा भोट दिदै पहिलो पटक कांग्रेसका उम्मेद्वार तिलक राईलाई विजय गराए । उनीबाट पनि अपेक्षाकृत काम हुन नसक्दा मतदाताहरू निराश भए । राजनीतिक दलहरुले धेरै लापरवाही गरे। खानेपानी माग्न जादा प्रहरी लगाउने, मुद्दा लगाउने गरेपछि जनतामा वितृष्णा बढेर गयो। जनप्रतिनिधिहरु जो सत्तामा पुगेपनि पदको दुरुपयोग गरि आम सर्वसाधरणलाई धोका दिएकोले आफु चुनावी मैदानमा उत्रन बाध्ध भएको मेयर साम्पाङ बताउनु हुन्छ । यसपाली धराने मतदाताले उपयुक्त ल उम्मेद्धरराई मत दिएर विजय गराएको र मतदाताको सेवामा आफनो बल बुतो र कानुनले मान्यता दिएसम्मको कुशल कार्यसम्पादन गर्ने साम्पाङको प्रतिबद्धता छ ।  

. . . . . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँगसमसामयिकसन्दर्भमाकुनैलेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझावरप्रतिक्रियाभएमाहामीलाईपठाउनुहोला।

हामीसम्भवभएसम्मधन्यवादसहितप्रकाशनगर्नेछौं।सम्पादक।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . . https://youtu.be/iwFJmoJH50w https://youtu.be/aZhmBztS-Qo  

हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

Tags: Harka SampangMayor
ShareTweet

Related Posts

चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई निर्वाचन आयोगको स्पष्टीकरण
एभरेष्ट टेलिभिजन नेटवर्क

दोलखा जिल्लाको १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गतेभित्र पुनः मतदान गराउने आयोगको निर्णय

निर्वाचन आयोगले दोलखा जिल्ला १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गते पुनः मतदान गराउने निर्णय गरेको छ । आयोगको...

November 28, 2022
लोकतान्त्रिक गठबन्धनबाट प्रत्यासी उम्मेदवार बनेका नेपाली कांग्रेस पार्टीका रामहरि खतिवडा विजय
एभरेष्ट टेलिभिजन नेटवर्क

लोकतान्त्रिक गठबन्धनबाट प्रत्यासी उम्मेदवार बनेका नेपाली कांग्रेस पार्टीका रामहरि खतिवडा विजय

यसैगरि प्रदेश सभाको लागि ओखलढुङ्गा क्षेत्र नं क बाट लोकतान्त्रिक गठबन्धनबाट प्रत्यासी उम्मेरदवार बनेका नेपाली कांग्रेस पार्टीका प्रदिपकुमार सुनुवार निर्वाचित...

November 23, 2022
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह विजय
एभरेष्ट टेलिभिजन नेटवर्क

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह विजय

काठमाण्डौ क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता तथा प्रत्यासी उम्मेदवार प्रकाशमान सिँह विजय भएकाछन । सिँहले ७ हजार १४३...

November 22, 2022
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन निर्वाचित
एभरेष्ट टेलिभिजन नेटवर्क

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन निर्वाचित

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) अत्याधिक बहुमतले निर्वाचित भएको छ । बिहीबार राति अबेर सकिएको मतगणनामा २३ हजार ४...

May 27, 2022
Next Post
Spiral of Silence Theory

Spiral of Silence Theory

१७ वर्षीय किशोरीको हत्या प्रयास गर्ने युवक सार्वजानिक

१७ वर्षीय किशोरीको हत्या प्रयास गर्ने युवक सार्वजानिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In