प्रहरीको फरार सूचिमा रहेको पूर्वउप-प्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी आइतबार साँझ पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा परेर फरार रहेको पूर्वपूर्वउप-प्रधानमन्त्री राइमाझी काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटमा आफन्तकोमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताउनु भयो ।
प्रतिनिधिसभा सदस्य रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा बैशाख २१ गते प्रहरीले पक्राउ पुर्जी जारी गरेको सूचना पाएपछि गृह जिल्ला अर्घाखाँचीको एक कार्यक्रममा सहभागी भएर काठमाण्डौँ फर्कने क्रममा फरार रहेका थियो ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप र पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित १२ जनालाई काठमाडौँ जिल्ला अदालतले आइतबार थप अनुसन्धानको लागि चार दिन म्याद थप गरेको छ ।
८७५ जना नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरीका पठाउने गिरोहीले अर्बौं रकम पिडितहरूबाट लिएको खुलेको छ ।