Wednesday, January 21, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

मध्यस्थता सेवामा नियमनकारी निकाय

असोज १, काठमाण्डौँ ।

September 20, 2023
in समाचार
मध्यस्थता सेवामा नियमनकारी निकाय

नेपालमा “पहुंचयोग्य र स्तरीय बिवाद समधान” को नारा सहित व्यवस्थित रुपमा मध्यस्थता(Arbitration)  र मेलमिलाप (Mediation)सेवा प्रदान गर्दै आएको संस्था नेपाल एन्टरनेशनल एडिआर सेन्टर (NIAC) ले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम सहित भव्यताका साथ मनाएको छ । विभिन्न कार्यक्रम हरुमध्ये कानून, व्यवस्थापन, इन्जिनियरिङ, लेखा तथा भौतिक विकास लगायतका क्षेत्रमा विशिष्ठ योगदान दिदै आएका लव्ध प्रतिष्ठित व्यक्तिहरुको बीचमा मध्यस्थता सेवामा नियमनकारी निकायको आवश्यकता (Regulating Authority for Arbitration in Nepal) विषयक एक दिवसीय गेष्ठीको आयोजना गरियो ।

उक्त गोष्ठीमा सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री अनिल कुमार सिंन्हा प्रमुख अतिथिका रुपमा उपस्थित भई नेपालमा मध्यस्थता प्रकृयाको ऐतिहासिक विकासक्रम, हालको स्थिति तथा अवस्थाको चर्चा गर्दै मध्यस्थता सेवा प्रदायकहरु आफै सौम्य हुनु पर्दछ, देशको आवश्यकता अनुसार निर्माण भएका ऐन कानून र निर्धारित आचार संहिताहरुको यथोचित परिपालना गर्दै सक्षम, स्वतन्त्र र न्यायपूर्ण रुपमा विवादको समाधान तर्फ जिम्मेवार हुनु पर्दछ अन्यथा नियमनकारी निकायको नियमन आवश्यक हुन जान्छ भन्ने धारणा राख्नु भयो । अदालतले पटक पटक विभिन्न मध्यस्थता सम्बन्धी विवादमा निर्णय दिएको छ, उन्नत हुन सकेनन् होला, हामी पनि निरन्तर सुधारको प्रयासमा छौ तर मध्यस्थताको सेवा प्रवाह गरी आएका संस्था र व्यवसायीहरु पनि त्यत्तिकै सवल र जिम्मेवार हुन जरुरी छ भनी मध्यस्थताको निर्णयमा देखिएका सुधारका क्षेत्रहरु, जिम्मेवारीका दायराहरु र आचार संहिता पालनाको आवश्यकता समेत औल्याउनु हुदै स्थापानाकाल  देखि उधोग वाणिज्य क्षेत्रका करारीय विवादमा मध्यस्थता र मेलमिलापका माध्यमबाट निरन्तर सेवा दिदै आएको, समाजका सवै क्षेत्रका विषयगत विशेषज्ञहरु सम्लग्न रहेको र अन्तराष्ट्रिय संजालमा समेत काम गरी आएको संस्था NIAC लाई बधाई दिदै मध्यस्थता सेवाका लागि नेपाललाई बिश्वकै आकर्षक गन्तब्य बनाउन सफलता मिलोस भनी शुभकामना समेत दिनु भयो ।

सोही कार्यक्रममा उच्च अदालतका का.मु.मुख्य न्यायाधीश श्री महेश शर्मा पौडेलले, मध्यस्थताको विधा अन्तराष्ट्रिय विधा हो । मध्यस्थता सम्बन्धी विवाद अदालतमा मध्यस्थले निर्णय दिनु पूर्व र मध्यस्थले निर्णय दिए पश्चात गरी दुई प्रकारले आउने भई त्यस्ता विवादहरुको निरुपण गर्दै आएको अदालतको जनशक्तिले सम्भव भएसम्म प्रभावकारी सेवा प्रवाह गरी आएको छ तथापी आगामी दिनमा थप तालिम, यस किसिमका गोष्ठी तथा कार्यशालाद्वारा मध्यस्थ तथा मेलमिलापका क्षेत्रमा काम गर्ने जनशक्तिको क्षमता विकास गर्दै जान आवश्यकता रहन्छ भन्ने धारणा व्यक्त गदै राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा कामको अनुभव गरी आएकोमा आयोजक संस्थालाई बधाई र शुभकामना ब्यक्त गर्नु भयो । उच्च अदालत पाटनका न्यायाधीश श्री राजेन्द्र खरेलले मध्यस्थता सेवा प्रदायकहरुमा आचार संहिता र सो को पालनाको अभाव रहेको पाईएको भनी केही दृष्टान्त प्रस्तुत गर्दै त्यस्तो अवस्थामा अदालतले हस्तक्षेप गर्न पर्ने अवस्था आएको वताउनु भयो । उच्च अदालत पाटनका अर्का न्यायाधीश श्री विमल सुवेदीले मध्यस्थताको विषय आफै जटिल विषय भएको, राष्ट्रिय र अन्तराष्ट्रिय कानूनलाई एक साथ ख्याल गर्नु पर्ने अवस्थामा मध्यस्थहरुले कतिपय विवादमा आचारणागत त्रुटी गरेको पाइएको हुँदा कुनै न कुनै रुपमा नियमनकारी निकायको आवश्यकता देखिएको तर पक्षहरुको स्वायत्तता नैनरहने गरी नियमन गर्न नहुने कुरा औल्याउदै  आयोजक संस्थाले गरेको प्रगतीमा बधाई दिदै अझ थप प्रगतीको शुभकामना ब्यक्त गर्नु भयो ।

इन्जिनियर नविन मंगल जोशीले ठूला आयोजनामा काम गर्दाको अनुभव सुनाउदै कम्तीमा आचार संहिता र सो को अनुगमन गर्ने निकायको व्यस्था भएमा मध्यस्थ तथा मेलमिलापको माध्यमबाट विवादको निरोपण गर्न उत्साहित हुने वाताबरण बन्ने हुनाले यस क्षेत्रमा नियमनकारी निकायको आवश्यकता रहेको धारणा व्यक्त गर्नु भयो । अधिवक्ताहरु दुर्गा प्रसाद अर्याल, रेशमराज रेग्मी, अर्थमन्त्रालयका उपसचिव बालकृष्ण निरौला लगायतका वक्ताहरुले नियमनकारी निकायको आवश्यकता रहेको तर उपभोक्ताको अपेक्षालाई मनन गरी नियमनकारी निकायको व्यवस्था गर्नु पर्ने आवश्यकता औल्याउनु भएको थियो ।

सो कार्यक्रममा अधिवक्ता सेमन्त दाहालले नियमनकारी निकायको भूमीका विषयमा कार्यपत्र प्रस्तुत गर्दै विभिन्न देशका दृष्टान्तहरु, राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा काम गरी आएका विभिन्न संस्थाका नियमहरु र त्यसका आधारमा स्थापित अभ्यास समेतलाई विश्लेषण गर्दै सिमित अधिकारयुक्त नियमनकारी निकाय हुन आवश्यक रहेको धारणा राख्नु भएको थियो । कार्यपत्र उपर टिप्पणी गर्दै अधिवक्ता अनिल कुमार श्रेष्ठले मध्यस्थता सेवाको राष्ट्रिय र अन्तराष्ट्रिय आयाम उपर आफ्नो विश्लेषण प्रस्तुत गर्दै नियमनकारी निकायको आवश्यकता औल्याउनु भयो ।

प्राध्यापक पूर्णमान शाक्यले नेपाल र छिमेकी मुलुकहरुमा हुने गरेको मध्यस्थता सेवाको तुलना गर्दै नियमनकारी निकाय भन्दा व्यवस्थित आचार संहिता वनाउने र त्यसलाई लागू गर्ने गराउने निकायको आवश्यकता रहेको उल्लेख गर्दै हाम्रा छिमेकी मुलुकको अभ्यास हाम्रा लागि अनुकरणीय हुन नसक्ने स्पष्ट पार्नु भयो ।

संस्थाले मध्यस्थता र मेलमिलाप क्षेत्रमा गरी आएका काम कारवाही सो सम्बन्धी तालिम गोष्ठी तथा क्षमता विकास सम्बन्धी कार्यक्रमको जानकारी दिदै एशिया प्रशान्त क्षेत्रका १३ बटा संस्थासंग क्षेत्रीय संगठन Asia Pacific Center For Arbitration and Mediation (APCAM) मार्फत तालिम गोष्ठी सिमनार जस्ता कार्य गर्दै एक अर्कामा सहकार्यका लागि आबद्ध भएको, बिश्वमा ख्याती प्राप्त संस्थाहरु हङ्कङ ईन्टरनेशनल आर्विट्रेशन सेन्टर, ‌बंगलादेश ईन्टरनेशनल आर्विट्रेशन सेन्टर, चाटर्ड इन्स्टिच्युट अफ आर्ब्रिट्रेटर्स,UNCITRAL लगायतका ख्याती प्राप्त अन्तर्राष्ट्रिय संस्थासंग   सहकार्य र साझेदारी  गरी बिभिन्न तवरले संयुक्त कार्यक्रम गरी आएका प्रष्ट गर्दै स्थापनाकाल देखी नै मध्यस्थता र मेलमिलाप (Arbitration and Mediation) सेवा प्रदान गर्दै  आएको जानकारी गराउनु भयो ।  NIACले मध्यस्थता सेवा प्रबर्धनका लागि एशिया प्रशान्त क्षेत्रका अन्य विभिन्न मुलुकमा कार्यारत संस्थाहरु संग सहकार्य गरी आएको जानकारी वरिष्ठ अधिवक्ता मातृका प्रसाद निरौलाले प्रस्तुत गर्नु भएको गराउनु भयो । NIAC समेत संस्थापक भई एशिया प्रशान्त क्षेत्रमा स्थापित APCAM ले आयोजना गरेका बिभिन्न उपयोगी कार्यक्रम र हालै भारतको नयां दिल्लीमा आयोजित International ADR Summit को उपयोगीताका सम्बन्धमा अधिवक्ताद्वय लुना निरौला तथा सृजना मैनालीले बिषेश प्रस्तुती राख्दै नेपालबाट समेत स्तरीय रुपमा र उल्लेख्य मात्रामा अन्तराष्ट्रिय कार्यक्रममा सहभागी भएकोप्रा पूर्णमान शाक्य डा मुक्ती रिजाल तथा मातृका निरौला समेतले अन्तराष्ट्रिय फोरममा राम्रो भूमीका निर्वाह गरेको र नेपालबाट डा कुमार शर्मा आचार्यले अन्तराष्ट्रिय उपलब्धी हांसिल गरेको स्मरण गर्दै हाम्रो क्षमता बिकासका लागि त्यस्ता कार्यक्रम उपयोगी हुने तथ्य प्रस्तुत गर्नु भएको थयो ।

अन्त्यमा यस्तो महत्वपूर्ण बिषयमा भएको यो छलफल अझै निरन्तर गर्दै जान आबश्यक रहेको स्पष्ट गर्दै उपस्थित सबैलाई अन्यवाद सहित संस्थाका अध्यक्ष श्री मुक्ति रिजालले कार्यक्रम समापन गर्नु भएको थियो ।

Tags: मध्यस्थता सेवामा नियमनकारी निकाय
ShareTweet

Related Posts

श्रममय बन्दै देश
एभरेष्ट टेलिभिजन नेटवर्क

श्रममय बन्दै देश

मंसिर ५, काठमाण्डौँ ।  श्रमपिता उपमा पाएको धरान उपमहानगर पालिकाको मेयर हर्क साम्पाङको अगुवाइमा दर्ता भएको श्रम संस्कृति पार्टीले निर्वाचन...

November 21, 2025
चलचित्र निर्माता संघमा उदय सुब्बा निर्वाचित
एभरेष्ट टेलिभिजन नेटवर्क

चलचित्र निर्माता संघमा उदय सुब्बा निर्वाचित

मंसिर-२, काठमाण्डौँ । नेपाली चलचित्र निर्माताहरूको छाता संस्था ‘नेपाल चलचित्र निर्माता संघ’मा उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार सम्पन्न...

November 18, 2025
शिक्षाका प्रणाली
समाचार

शिक्षाका प्रणाली

प्राचीन कालमा, जब चीनियाँहरूले शान्तिपूर्वक बस्ने निर्णय गरे, तब उनीहरूले महान पर्खाल (Great Wall) बनाउने काम सुरू गरे। चिनियाँहरूको विचारमा...

October 23, 2025
पुनर्स्थापना केन्द्रमा हितैको माया गायिका
एभरेष्ट टेलिभिजन नेटवर्क

पुनर्स्थापना केन्द्रमा हितैको माया गायिका

२२, असोज, काठमाण्डौँ । पछिल्लो समय उडायो मन,बार्दली,हितैको माया शीर्ष गीतहरूबाट निकै चर्चामा आएका राईले जन्मदिनमा साथीसङ्गीतसंग पार्टीमा फजुल खर्च...

October 9, 2025
Next Post
सडकको नालीको कारण केत्तुकेमा पहिरो

सडकको नालीको कारण केत्तुकेमा पहिरो

आन्दोलनरत शिक्षकसंग वार्ता

आन्दोलनरत शिक्षकसंग वार्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In