२७ पुस, काठमाडौं । नेपाली मूलका गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको छ ।
उनको ४२ वर्षको उमेरमा आज आफ्नै निवासमा आज निधन भएको संगीतकार राजेश घतानीले जानकारी दिए ।
तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उनले गायका थुप्रै नेपाली गीत चर्चित छन् ।
गोर्खा पल्टन निशानी, धड्कन लगायतका ५ वटा नेपाली चलचित्रहरूमा नायक बनेको गायक प्रशान्त तामाङले सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउडमा डेब्यू गरेका हुन ।
निकट स्रोतका अनुसार हृदयघातको कारण उनको निधन भएको हो । तामाङकी एक छोरी र श्रीमती छन् ।




