बैशाख ५, काठमाण्डौँ । गहृ मन्त्रालयले सार्वजानिक गरेको नेपाल जनपथ समुहतर्फको प्रहरी अतिरिक्त महानिक्षिक (एआइजी)को बढुवा पहिलो नम्बरमा चन्द्र कुबेर खापुङ सहित ६ जनाको नाम सिफरिसमा परेको छ ।
उनीसंगै लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र मनोजकुमार केसी बढुवा सिफारिस सूचीमा छन् ।
२०५२ कात्तिक २७ गते प्रहरी निरीक्षकमा भर्ना भएका खापुङ, आचार्या र शर्मा प्रहरी महानिरिक्षक बसन्तबहादुर कुवाँसंगैको व्याचका हुन । बैकल्पिक सूचिमा परेको खापुङ, आचार्या र शर्माको सााडै ७ महिना अर्थात २०५३ जेठमा मात्रै भर्ना भएका थिए ।
प्रहरी निरिक्षकदेखि नै प्रतिस्पर्धी रहेका यी तीनजना मध्ये खापुङ र आचार्य २०७९ चैत ३० गते डीआईजीमा बढुवा भएका हुन्। शर्मा भने त्यतिबेलाको बढुवामा छुटेर २०८१ जेठमा मात्रै डीआईजी भएका थिए।
खापुङ अहिले सीआईबीमा, आचार्य मधेस प्रदेश प्रमुख र शर्मा बागमती प्रदेश प्रहरी प्रमुख छन्।






