प्राचीन कालमा, जब चीनियाँहरूले शान्तिपूर्वक बस्ने निर्णय गरे, तब उनीहरूले महान पर्खाल (Great Wall) बनाउने काम सुरू गरे। चिनियाँहरूको विचारमा पर्खाल धेरै अग्लो भएको कारणले कसैले पनि त्यसमा चढेर आक्रमण गर्न सक्दैन।
तर GREAT WALL निर्माणको पहिलो शताब्दी भित्रै चीनमाथि तीन पटक आक्रमण भयो। अझ अचम्मको कुरा त के छ भने आक्रमणकारीहरूले कहिल्यै पनि उक्त पर्खाल भत्काउन वा तोड्न आवश्यक ठानेनन्। किनभने हरेकपटक आक्रमणकारीहरूले पर्खालको सुरक्षा गरिरहेका सुरक्षाकर्मीहरूलाई नै पराजित गरी अगाडिको ढोकाबाट भित्र पस्थे।
चिनियाँहरूले ठूलो मेहनतले बलियो पर्खाल बनाए। तर तिनले पर्खालको सुरक्षा गर्ने रक्षकहरूको चरित्र र मनोवृत्तिलाई बलियो बनाउन खासै ध्यान दिएनन्।
यसबाट बुझ्नुपर्छ पर्खाल बलियो बनाउनुअघि चरित्र बलियो बनाउनुपर्छ । केवल पर्खाल मात्र बलियो बनाउँदा नतिजा शून्य झैँ हुन सक्छ।
त्यसैगरी, एक प्राचीन पूर्वी दार्शनिकले भनेका थिए यदि तपाईं कुनै सभ्यता नष्ट गर्न चाहनुहुन्छ भने तीन काम गर्नुहोस्,
1. यदि तपाईं कुनै राष्ट्रलाई ध्वस्त पार्न चाहनुहुन्छ भने पहिले त्यसको पारिवारिक संरचनालाई नष्ट गर्नुहोस्। पारिवारिक संरचना नष्ट गर्नका लागि परिवारमा आमाको भूमिकालाई महत्वहीन बनाएर उनी आफूलाई गृहिणीको रूपमा स्वीकार गर्न लाज मानून्।
2. शिक्षाका प्रणालीलाई नष्ट गर्नुहोस्। त्यसका लागि शिक्षकलाई प्राथमिकताबाट हटाउनुहोस् र समाजमा उनको दर्जा घटाइदिनुहोस् ताकि विद्यार्थीहरूले उनको उपहास र बेइज्जती गर्न सकून्।
3. युवा समाजका लागि अनुकरणीय आदर्शहरू उपलब्ध नगराउनुहोस्। कुनैपनि असल कृयाकलापमा संलग्नलाई झुटो मुद्दामा फसाइदिनुहोस् , ता कि त्यसलाई कसैले follow नगरोस् , त्यसैले बुद्धिमानी व्यक्तिहरू र आदर्शका कुरा गर्नेहरूको अपमान गर्नुहोस् र ‘रोल मोडल’ भनेर अनेकौं झूट फैलाउनुहोस् , जसले गर्दा युवा समाजले तिनीहरूलाई अनुकरण गर्न हिचकिचाओस्।
त्यसैले साथीहरु विचार गरौं हाम्रो समाजमा पनि कतै यस्तै त भैरहेको छैन? हामी नेपाली नेपाली जुधाएर कसैले आफ्नो स्वार्थ पूरा त गरिरहेको छैन?
SOURCE Link: https://www.facebook.com/share/p/161AHhPrFz/





