साउन ३१ (२०७४) गते कान्तिपुर दैनिकको मुखपृष्ठमा नरेन्द्र श्रेष्ठले खिचेको एउटा हृदयबिदारक फोटो छापियो । फुदन सदाका ५ वर्षीया छोरा कमलु सदालाई सदगतका लागि जग्गा नपाइएर नदिमा बगाउनु परेको फोटो भाईरल बन्यो ।
गरीब मुसहर समुदायका बालक मृत्यु पछी समेत जातीय भेदभावको सिकार भएका हुन् । तिलाठी, कोइलाडीमा कथित उच्चजातीय भुइँहार समुदायले आफ्नो जमिन अपवित्र हुने कारणले भूमीहीन मुसहर परिवारलाई बच्चा गाड्न जमिन दिन मानेनन् । त्यसपछी बाध्यतावस मृत बच्चालाई नदीमा बगाइएको हो समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।