माघ-१३, काठमाण्डौँ । गृह मन्त्रालयले सार्वजनिकस्थलमा (प्र्याङ्क) ख्यालठट्टाका नाममा गोप्यरूपमा भिडियो बनाउनेलाई कारबाही गर्ने भएको छ ।
सम्बन्धित व्यक्तिको सहमतिविना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ ।
मन्त्रालयले एक सूचना निकालेर सम्बन्धित व्यक्तिको अनुमतिविना तस्बिर खिच्ने र भिडियो बनाउने र ती व्यक्तिलाई जानकारी नै नदिइ सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानुनअनुसार कारबाही हुने जनाएको हो ।
गृह मन्त्रालयले सार्वजनिकस्थलमा (प्र्याङ्क) ख्यालठट्टाका नाममा गोप्यरूपमा भिडियो तयार गरी तिनलाई सामाजिक सञ्जालमा राख्ने गरिएको गुनासो आफूलाई प्राप्त भएका बताउँदै गृहमन्त्रालयले सर्वसाधारणलाई शारीरिक तथा मानसिक सास्ती दिनेजस्ता गतिविधि नगर्न सम्बद्ध सबैलाई सचेत गराएको छ ।
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।
हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं ।
सम्पादक ।
मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।
Email: everestnews@outlook.com
evtelevison@outlook.com
Ph: 01 5550662, Cel: 98088 94906, 98510 97929
गीत-सङ्गीत र कलाकारिताको लागि
nepaliculture@mail.com
Website:
Television: https://everesthd.tv
https://everestkhabar.tv
Online News: https://everestnewsnepal.com
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र,
अडियो तथा भिडियो लिंक . . .