माघ-२४, काठमाण्डौँ । यातयात कार्यालयमा स्थायी कर्मचारीमा नियुक्ति गरिदिने भन्दै भोजपुरको सुनिल राईले बेरोजगार युवा-युवतीहरूलाई ठगि गरेको खुलासा भएकोछ ।
बाहुनडागी नगरपालिका ३, निरगन्जा, झापाको २३ वर्षीय सृजना राईलाई गत भदौ २९ गते तत्कालै यातयात कार्यलयमा जागिर लगाई दिने भन्दै आइएमई ७०१२०९१४६७ डी (7012091467D) मार्फत रु ५५ हजार लिएको हो ।
पिडित राई एभरेष्ट न्यूजको कार्यलयमा आफु ठगिमा परेको भन्दै आएपछि सो तथ्य खुलेको हो । पिडित राईको अनुसार सत्य तथ्य के हो भनि आरोपित सुनिल राईलाई टेलिफोन सम्पर्क गर्दा सेटिङमा थुप्रै जनालाई सरकारी कार्यलयमा नियुक्ति गरिसकेको बताउनु भयो ।
निजामति कर्मचारीको नियुक्ति लोक सेवा आयोगको माध्यमबाट प्रकृयागत रुपले मात्रै नियुक्ती गर्ने पाउने कानुनी व्यवस्था छ ।
गैह्रकानुनी कार्य भएको भन्ने प्रश्नमा निज राईले सृजना राई बाहेक अरु थुप्रैलाई पैसाको लेनदेनबाट स्थायी नियुक्ति गराइसकेको बताउनु भयो ।
ति नियुक्ति हुने कर्मचारीहरू को को हुन र क–कस्को सेटिङबाट यस्तो गैह्रकानुनी कार्य भइरहेको छ भन्ने प्रश्नमा सबै कुरा बताउन नमिल्ने बताउनु भयो ।
निजामति कर्मचारी जस्तो राज्यकै प्रकृयागत र संवेनसील क्षेत्रमा भएको ठगी बारे पिडितको लिखित उजुरीपछि अनुसन्धान तथा कार्यबाही प्रकृया अगाडी बढाइने महानगरीय अपराध महाशाखाका प्रबक्ता प्रहरी उपरिक्षक सन्तोष सिं राठौरले बताउनुले भयो ।
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।
हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं ।
सम्पादक ।
मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।
Email: everestnews@outlook.com
evtelevison@outlook.com
Ph: 01-5550662, Cel: 98510 97929, 98088 94906,
पोष्ट बक्स नं ९८५७,
गीत-सङ्गीत र कलाकारिताको लागि
nepaliculture@mail.com
Website:
Television: https://everesthd.tv
Online News: https://everestnewsnepal.com
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .
कृपाया हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला ,धन्यवाद !