फागुन ८, काठमाण्डौँ । मुकुमलुङले यस वर्षको सर्बोत्कृष्ट सास्कृतिक भिडियो अवार्ड बिजेत बनेको छ ।
एफएलएफ अवार्डको चौथो संस्करणमा ५ वटा विधामा बाजी मारेको मुकुमलुङले ८ ओटा मनोनयनमा परेको थियो ।
सर्बोत्कृष्ट लिम्बु सांस्कृतिक भिडियो सहित लय, सिनेमेटोग्राफी, नायिका तथा सम्पादन विधामा बिजेता बन्न सफल मुकुमलुङ लिम्बु समुदायको ऐतिहासिक आदिम भूमी तथा धार्मिक पर्यटकीय स्थल मुकुमलुङ अर्थात पथिभरा, सुकेटार, साङमाङ्गु लगायत याक्थुङबाको विभिन्न थातथलो क्षेत्रमा छायाङ्कन गरिएको मुकुमलुङ, ऐतिहासिक भिडियो बन्न सफल भएकोमा जीवनकै एक महत्वपूर्ण कार्य गरिएको अनुभूति भएको बताउनु हुन्छ गीतकार, मोडल तथा निर्माता तेज म्यानेङ्बो ।
सर्वोत्कृष्ट साँस्कृतिक पालाम बिजेता मुकुमलुङले सर्बोत्कृष्ट लयमा तेज म्यानेङ्बो, सिनेमेटोग्राफीमा युवराज राई, नायिकामा लक्ष्मी योङ्हाङ् र सम्पादनमा चन्द्र वाम्बुले बिजेता बनेकाछन ।
शुटिङका एक्जुकेटिभ मेनेजर तथा लिम्बु समुदायी ढुकढुकी गायिका मनु नेम्बाङले पनि उत्तिकै रुपमा खुशी व्यक्त गर्नुहुन्छ भिडियो उत्कृष्ट बनेकोमा र यसले सर्बोत्कृष्ट अवार्ड हात परेकोमा ।
पछिल्लो समय लिम्बु म्यूजिक भिडियो र चलचित्रहरूमा धेरै जमेकी नायिका तथा मोडल लक्ष्मी योङहाङ पनि मुकुलुङले पाएको अवार्डप्रति यसरी आभार व्यक्त गर्नुहुन्छ ।
लिम्बु साँस्कृतिक भिडियो अवार्डले मुकुमलुङ क्रिउलाई थप हौसला मात्रै प्रदान गरेको छैन हप्तामै दर्जनौ छायाङ्कन तथा भिडियो निर्माण गर्ने काठमाण्डौँ उपत्यका केन्द्रीत लिम्बु कलाकर्मी तथा व्यवसायीहरूलाई भिडियो तथा चलचित्रमा देखिने दृश्यले ऐतिहासिक थातथलो र भौगोलिकताको प्रचार र लिम्बु पहिचानको लागि दृष्यले ठुलै प्रभाव र महत्व राख्छ भन्ने दरिलो उदाहरण बनेको छ मुकुमलुङ ।
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।
हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक ।
मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।
Email: everestnews@outlook.com
evtelevison@outlook.com
Ph: 01 5550662, Cel: 98088 94906, 98510 97929
गीत-सङ्गीत र कलाकारिताको लागि
nepaliculture@mail.com
Website:
Television: https://everesthd.tv
Online News: https://everestnewsnepal.com
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .
हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद !