जेठ २ । मानेभञ्ज्याङ गाउपालिका ओखलढुङ्गामा स्वतन्त्र उम्मेद्धर ज्ञानेन्द्र रुम्दाली भारि मतले विजय हासिल गरेको छ ।
लामो समयदेखि कांग्रेस पार्टीमा आबद्ध रुम्दाली गत २०७४ सालको प्रदेश सभा चुनावमा ओखलढुङ्गा ख मा बागी उम्मेद्धर बनेर कांग्रेसको प्रत्यसी प्रदेश सभासद उम्मेद्धरले हारेको कारण नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यसमितिले कारबाही गरेको रुम्दालीको फुकुवा नभएको कारण स्वतन्त्र उम्मेद्धर बनेको हो ।
रुम्दालीलाई उम्मेद्धर बनाउन र जिताउन नेपाली कांग्रेसको केन्द्रीय सदस्य, नेता रामहरी खतिवडाको ठुलो हात रहेको छ ।
अध्यक्षको दावेदार गर्दै आएका पूर्व उपाध्यक्ष सविता राईलाई कांग्रेस पार्टीको आधिकारीक उम्मेद्धर हुनबाट बञ्चित गर्दै खतिवडाले रुम्दालीलाई अगाडि बढाएको बताइन्छ ।
कांग्रेसले नै कारबाही गरेको रुम्दालीलाई सोही पार्टीको मतदाताको समर्थनले ५ हजार २१ मत प्राप्त गरि निकट प्रतिद्धन्दी जसपासंग गठबन्धन गरि नेकपा एमालेबाट उम्मेद्धर बनेको रुपलाल तामाङलाई १ हजार २ सय ६ मत अन्तरले पराजित गरेका छन् । तामाङले ३ हजार ८ सय १५ मत प्राप्त गरेको छ ।
यस्तै गरि उपाध्यक्ष पदमा आश्रचन राई निर्वाचित भएकाछन । नेपाली कांग्रेसको जिल्ला अधिवेशनबाट प्रदेश ख को सभापतिमा निर्वाचित भएको राई स्थानीय तहमा पनि उपाध्यक्षमा विजय हुन दुबै हातमा लड्डु परेको छ ।
राईले ४ हजार ७ सय ५० मत प्राप्तगरि निकट प्रतिद्धन्दी नेकपा एमालेबाट तालमेल गरि जसपाबाट उपाध्यक्ष उम्मेद्धर बनेका दीपेन्द्र रुम्दालीलाई २ हजार १ सय ७३ मत अन्तर पराजित गरेको हो । रुम्दालीले रुम्दालीले २ हजार ५ सय ७७ मत प्राप्त गरेको छ ।
नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षको प्रत्यासी उम्मेद्धर चम्पा राईले भने थोरै मत मात्रै प्राप्त गरेको छ ।
चम्पा राई मानेभञ्ज्याङ गाउपालिकाको उपाध्यक्ष पदमा उम्मेद्धर बनेका एक जना मात्रै महिला उम्मेद्धर हुन । गठबन्धनको कारण अध्यक्ष र उपाध्यक्ष फरक फरक पार्टीबाट उम्मेद्धरी बनाउदै महिला उम्मेद्धर विहीन बनेको गाउपालिकाको एक मात्रै महिला उम्मेद्धरलाई मतदाताले खासै विस्वास गर्न सकेनन् ।
माआवादी केन्द्रका पराजित राई चम्पा राई र अध्यक्ष पराजित युवराज राई दोहोरिएका उम्मेद्धरहरू हुन ।
गत २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका विजेता अध्यक्ष मतिराज राई एक कार्यकालमै चित्ता बुझाएकाछन भने उपाध्यक्ष सविता राई अध्यक्षको आधिकारिक उम्मेद्धर बन्न नपाएपछि सन्तोष मानेकीछिन ।
वडा तर्फको निर्वाचनमा ७ वडामा नेपाली कांग्रेसले बाजी मार्यो भने २ (३ र ९)वडामा नेकपा एमालेले विजय हासिल गरेको छ ।
२०७४ सालको निर्वाचनमा नेकपा एमाले चितेको वडा नं २ वाक्सामा यस पटक अत्याधिक बहुमतले नेपाली कांग्रेसका उम्मेद्धर राममणी राईले गुमेको मणी फिर्काएकाछन ।
यसैगरि वडा ३ केत्तुकेमा पनि कांग्रेसकै उम्मेद्धर विष्णु तामाङले बाजी मारेको छ । गत स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मदेद्धर सन्त तामाङ बिजेता बनेको थियो ।
स्थानीय तहको पहिलो जनप्रतिनिध निर्वाचनमा फरक विचारधारका जनप्रतिनिधिको कार्यसम्पादन हेर्न लालयीत मतदाताहरूलाई बामपार्टीका जनप्रतिनिधिहरू सन्तोषजनकको सेवादायी बन्न सकेनन् ।
वडा नं १ मोलीका कांग्रेस उम्मेद्धर राजकुमार रुम्दालीले बोहोनी गरेको विजयले गत निर्वाचनमा गुमेका वडाहरू वाक्सा र केत्तुकेलाई समेत उल्टाएको छ ।
वडा नं ३ उबूमा भने कांग्रेसका स्थानीय तहका अयोग्य नेता र उम्मेद्धरहरूको कारण आजित बनेका मतदाताले यसपटक नेकपा एमालेका उम्मेद्धर जितेन राई मुक्काचोलाई विजय गराएकाछन ।
यसैगरि वडा नं ५ मा कांग्रेस प्रत्यासी उम्मेद्धर रामकुमार राईलाई विजय गराएकाछन । पहिलो कार्यकालले मतदातालाई रिझाएका राई निकै मिजासिलो जनप्रतिनिधि मान्छन ।
वडा नै ६ थाक्लेमा भने हिलोपानको हेमराज राईले बाजी मारेकाछन । थाक्ले नेपाली कांग्रेस पार्टीका केन्द्रीय सदस्य तथा नेता रामहरी खतिवडाको स्थायी घर रहेको वडा हो ।
यस्तै गरि वडा नं ७ टोक्सेलमा काग्रेसका विष्णु प्रसाद गौतम, वडा ८ राघवपुरमा भिमबहादु बलाम्पाखी मगर विजयी भए, भने वडा नं ९माधवपुरमा भने नेकपा एमालेका पूर्णबहादुर मगर ले बाजी मारेकाछन ।
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।
हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक ।
मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।
Email: everestnews@outlook.com
evtelevison@outlook.com
Ph: 01 5550662, Cel: 98088 94906, 98510 97929
गीत-सङ्गीत र कलाकारिताको लागि
nepaliculture@mail.com
Website:
Television: https://everesthd.tv
Online News: https://everestnewsnepal.com
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .
हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद !