सुविख्यात जर्मनिका political scientist ‘Neumann’ काे Mass communication theory हाे ।
याे सिद्दान्तका अनुसार प्रभाव पार्ने ठूलाे समूह/जत्था वा निकाय/व्यक्तिहरूकाे कारणले मानिसले आफुलाई जतिसुकै अन्याय परे पनि वा सत्य लागेकाे भए पनि सत्य बाेल्न सक्दैन । चुपचाप बस्न बाध्य हुन्छन् । यसकाे मुख्य कारण सत्य, साँचाे कुरा गर्दा एक्लाे हाेईन्छ भन्ने डर (Fear of Isolation) हुन्छ ।
केही उदाहरणहरू:
१. संयुक्त राष्ट्र संघ र NATO जस्ता संगठनहरू शक्तिराष्ट्र अमेरिका कै इशारामा चल्छन् । अमेरिकाकाे गठवन्धनकाे प्रभावकाे कारणले कैयाै देशहरू सदस्यकाे स्वाभिमान गुमाएरै चुपचाप बस्न बाध्य छन् ।
२. भारतीय राजनितिक प्रभावमा सबै राजनितिक दलका नेता र पार्टीहरू लिप्त भएकाले भारतले नेपालकाे सिमा मिचे पनि नेपालका कुनै पनि नेता र पार्टीले प्रेस विज्ञप्ती निकाल्न सक्दैन । विराेध गर्याे भने ईण्डियाले भारत विराेधी पार्टी भनेर एक्लाे बनाईदिन्छ, माथि उठ्न दिदैन भन्ने डर हुन्छ । सत्य बाेल्न सक्दैनन् ।
३. कुकुर विरालाेभन्दा तल्लाे तहमा दलितलाई राख्ने जात व्यवस्थाकाे जालाे ताेड्न प्रजातन्त्रमा पनि दलितहरू संगठित हुन सकेका छैनन् । उनिहरूलाइ आत्मस्वाभिमान जाेगाउनेभन्दा राेजिराेटि गुम्ला, समाजले झनै अपहेलना गर्लान कि भन्ने ठूलाे डर छ ।
४. वलात्कारकाे सिकार भएका कैयाै चेलिवेटिहरू समाजबाट बहिष्कृत हाेईन्छ भन्ने डरले चुपचाप सत्य लुकाएर बसेका छन् । आजभाेलि कुनै कुनैले बाेल्न हिम्मत गरेका छन् ।
५. समानता, सामाजिक न्याय र कतिपय परिवर्तनका मुद्दाहरूकाे बारेमा ठुला राजनितिक दलभित्र उत्पिडित समुदायका नेताहरूले खुलेर छलफल गर्न सकेका छैनन्, पार्टीमा अर्घेलाे, एक्लाे हाेईन्छ भन्ने डर छ । जस्ताे, एमालेमा छविलाल विश्वकर्मा, सुवास नेम्बाङहरूले कुरा राख्न सक्दैनन् ।
आदि …ईत्यादि …
जाे हिराे हाे, जसमा नायकत्व शैली छ । सत्य, न्यायकाे पक्षमा एक्लै भए पनि लडिरहन्छ । भिडिरहन्छ, एकदिन सत्यकाे जित हुन्छ ।