जेठ १७, काठमाण्डौ । नायिका मेरुना मगरले दर्शकलाई थप्पड हानेको र अभद्र व्यवहार गरि दर्शकलाई सार्वजानिक वेइजती र कानुनी कारवाही गरेको भन्दै चर्को विरोध भएको छ ।
प्रदर्शनकारीले फुर्वा लामा कत्काल रिहाहुनु पर्ने, कब्बडी चलचित्र तत्काल बन्द गर्नु पर्ने र नायिका मगरले आम माफी माग्नु पर्ने भन्दै हलमा राखिएको पोष्टरहरू समेत जलाउन थलेकाछन ।
आन्दोलनकारीले बक्स अफिस, चलचित्र विकास बोर्ड लगायत सबै चलचित्रहलहरु राखिएको पोष्ट जलाउनुको साथै अबिलम्ब चलचित्र कब्बडी ४ बन्द गर्नुपर्ने माग राखेकाछ ।
गाउबाट आएका सिधा बौद्धधर्मलम्बी भिक्षुलाई महिला हिंसाको अरोप लगाएर फसाएको समेत प्रदर्शनकारीको नायिका मगर माथि आरोप छ ।
घटना कसरी भयो ?
सिभिल महलमा चलचित्र हेरेर बाहिरिने क्रममा भिडमा आफुमाथि कुनियबश पटकपटक शरिरिमा स्पर्श गरेको भन्दै फुर्वा लामालाई थप्पड हान्नुको साथै माफी माग्न लगाएको थियो ।
घटना यतिमा मात्रै सिमित रहेन, नायिका मगरले आरोपित लामालाई तत्कालै प्रहरी प्रशासनको जिम्मा लगाइन ।
यो घटना बाहिरिएपछि बौद्धधर्मलम्बीहरू आन्दोलित बन्न थाले ।
हलको भिडमा आफुलाई सो पुरुषले कुनियतबश शरिरमा स्पर्श गरेको भन्दै थप्पड हानेरको दृश्य सार्वजानिक भएको थियो ।
नायिका मगरले आइन्द कसैमाथि यस्तो नियत नराख्न चेतावनी दिनुको साथै कान पक्रेरर माफी माग्न लगाइएको दृष्य सार्वजानिक भएपछि दर्शकहरूले भने विरोध जनाएकाछन ।
बौधर्मलम्बी भिक्षुलाई सार्वजानिक रुपमा बेइजती गरेको र समान्य घटनामा नै निज भिक्षुलाई प्रहरीको जिम्मा लगाइएको भन्दै चौतफी विरोध हुन थाल्यो ।
घटनाले हाल बृहत रुप लियो कि चलचित्रको प्रदर्शनको प्रारम्भिक चरणमा नै घटेको घटनाले व्यपारमा घाटा मात्रै होइन अनिवार्य रुपमा कब्बडी ४ बन्द हुनुपर्ने सम्मको मागले निर्माण पक्षलाई ठुलो क्षति पुग्ने देखिन्छ ।
चलत्रित्र प्रमोशनको लागि निर्देशक रामबाबु गुरुङ सहित कलाकार दयाहाङ राई, सौगत मल्ल, बुद्धि तामाङ, मेरुना मगर, गौमाया गुरुङ लगायतको टोली हलहरूमा पुगेर दर्शकहरूसंग भेटघाट गर्ने क्रममा सो घटना भएको हो ।
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
तपाईसँगसमसामयिकसन्दर्भमाकुनैलेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझावरप्रतिक्रियाभएमाहामीलाईपठाउनुहोला।
हामीसम्भवभएसम्मधन्यवादसहितप्रकाशनगर्नेछौं।सम्पादक।
मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।
Email: everestnews@outlook.com
evtelevison@outlook.com
Ph: 01 5550662, Cel: 98088 94906, 98510 97929
गीत-सङ्गीत र कलाकारिताको लागि
nepaliculture@mail.com
Website:
Television: https://everesthd.tv
Online News: https://everestnewsnepal.com
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .
हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद !