काठमाडौँको अमेरिकन दुताबासले हाम्रा अनुभबी र अनुसन्धानको काममा एकदमै समर्पित ३ जना ईन्जिनियरहरुलाई अमेरिका आउने भिसा नदिए पनि राष्ट्रिय आविष्कार केन्द्रमा बनेको एउटा बायो-मेडिकल उपकरण अमेरिकाको प्रदर्शनीमा जसरी भए पनि राखियो र सबै भन्दा धेरै दर्शकहरुले मन पराएको पुरस्कार (People’s Choice Award) पनि जितियो । खाने मुखलाई जुंगाले छेक्दैन नि हाउ !!! अमेरिकी दुताबासले पनि राष्ट्रिय आविष्कार केन्द्रलाई नपत्याएकै रहेछ भन्ने थाहा भयो । भिसाको अन्तरबार्ता लिनेहरुलाई पनि रिसर्च र ईनोभेसन भन्ने कुरा थाहा रहेनछ कि क्या हो ??
गत बर्ष देखि अमेरिकाको Northeast Ohio Medical University संग राष्ट्रिय आविष्कार केन्द्रले बायो-मेडिकल बिषयमा सहकार्य गरि रहेको छ । सो युनिभर्सिटीले बायो-मेडिकल उपकरणहरु को ईनोभेसन सम्बन्धि एउटा प्रदर्शनी राखेको थियो र आविष्कार केन्द्रलाई पनि निमंत्रना गरेको थियो । त्यसको लागी आविष्कार केन्द्रमा बनेको “न्यानो नानी” भन्ने नाम दिइएको बच्चाहरुलाई न्यानो बनाउने Baby Warmer पठाईएको थियो । सो प्रदर्शनीमा भाग लिने र प्रदर्शनी पछि एक महिने तालिम पनि दिने भनेर सो युनिभर्सिटीले हाम्रो तिन जना ईन्जिनियरहरुलाई निमन्त्रणा पनि गरेको थियो। तर उनीहरुलाई दुताबासले भिसा दिएन।
त्यसैले हामीले अर्कै उपाय निकालेर प्रदर्शनीमा हाम्रो बेबी वार्मर देखाइयो । बेबी वार्मर लाई एक्सप्रेस कार्गो द्वारा अमेरिका पठाइयो । हाम्रा इन्जिनियरहरुले नेपाल बाट नै जुम बाट भाग लिए । साथै सोहि युनिभर्सिटीका मेडिकल बिद्यार्थीहरुले दर्शकहरु लाई उपकरणको बारेमा बनाइएको पर्चाहरु बाँड्न मदत गरे र उनीहरुले जाने बुझे सम्मको बिस्तृत जानकारी पनि दिए । सो प्रदर्शनीमा डा. दामोदर पौडेल, डा. संजु महतो, प्रशान्त मानन्धर र म पनि थियौं । जे भयो राम्रो भयो ।