कुनैबेला नेपालको दरबारमा राजाले एउटा कुकुर पालेका थिए। एकदिन कतैबाट भौतारिदै एउटा मृग दरबार नजिक आयो। मृगलाई देखेर राजालाई त्यसको मासु खान औधी मन लाग्यो। त्यसलाई पक्रनको लागि लाखौ खर्च गरि तालिम दिएर दरबारमा पालिएको कुकुरलाई खटाईयो, कुकुरले धेरै लखेट्यो तर मृगलाई मार्न सकेन। मृग भाग्यो तर बाहिर बसेको भुसिया कुकुरले मृगलाई देख्यो र खेदेर मृग मार्यो!!!
त्यसपछी राजाले मन्त्रीलाई प्रस्न सोधे,
“तेत्रो खर्च गरेर पालेको कुकुरले मृग मारेन तर बाहिरको भुसिया कुकुरले कसरी मार्यो?”
मन्त्रीले जवाफ दिए,
” दरबारको कुकुरले अरुको भोक र अरुको इच्छाको लागि काम गरेको थियो तर बाहिरको कुकुरले अफ्नो भोक र ईच्छाको लागि काम गरेको थियो , त्यसैले उ मृग मार्न सफल भयो !!!”