किरात वाम्बुले जातिले साउन १५ लाई विशेष उत्सवको रुपमा बासुरी दिवस मनाउने गरेकाछ ।
२०७४ सालबाट सुरु भएको दिवस निरन्त रुपमा मानिदै आएको वाम्रास केन्द्रीय उपाध्यक्ष तथा सञ्चारकर्मी गणेश राईले बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि डा. भक्त राईले बासुरी विश्वभरी बजाउने प्रचलन भएको र यसलाई वाम्बुले समुदायले मौलिक बाजाको रुपमा प्रयोगमा ल्याएकोमा खुशी व्यक्त गर्नु भयो ।
वाम्रास केन्द्रीय अध्यक्ष गजुरधन राईले साउन महिना खेतीको उत्कर्ष समय भएकोले खेती किसान सकिएपछि बासुरी बजाउने तथा नाचगान गर्ने प्रचलन परम्परादेखि नै रहदै आएको बताउनु भयो ।
कार्यक्रममा वाम्बुले समुदायको लोक भाका राम्दलेमा बासुरी बादक जीवन वाम्बुले राई, वाम्रास केन्द्रीय सचिव तथा मानेभञ्ज्याङ गाउपालिका वडा नं ५ अध्यक्षा रामकुमार राई, केन्द्रीय सदस्य महाजित राई, पुचाराम राई, संगम राई, निरल राई, सवीन्द्र राई, सहराज राई र जेबी राई लगायतको सहभागिता रहेको छ भने गायिकाद्धय अम्बिका राई र एलिना राईले गीत गाए ।
यसैगरि मादल बादनमा वाम्रास केन्द्रीय सहकोषाध्यक्ष मोतिराज राईले र विष्णुराई रहेको छ ।