लोकप्रिय गायिका मनु नेम्बाङ हे मेरी आमा भिडियो सार्वजानिक भएको छ ।
गायिका नेम्बाङको जन्म थलो नवामीडाडा १, सुर्के, पाँचथर क्षेत्रमा छायाङ्कन गरिएको भिडियोमा आमा बुबा गुमाउनुको विछट्टै पिडा गायिका नेम्बाङकै अभिनयमा देख्न पाइन्छ ।
भिडियो लिंक
स्वर्गीय बुबा–मुमाको समाधि स्थलमा नै छायाङ्कन गरिएको भिडियोमा गायिका नेम्बाङको जविन्त अभिनय रहेको छ । आमा बुबाको स्मृतिमा गायिका नेम्बाङले सृजना गरेको गीतको सङ्गीत, स्वर तथा अभिनय समेत गायिका स्वयमको रहेको छ ।
चलचित्र निर्देशक तथा सञ्चारकर्मी चन्द्र वाम्बुलेको निर्देशन र सम्पादन रहेको भिडियोको छायाङ्कन बरिष्ठ सिनेमेटोग्राफी युवराज राईको रहेको छ ।
एभरेष्ट कल्चर मिडिया लगनखलेको पोष्ट प्रोडक्सन रहेको भिडियोको निर्माण सहयोगी चलचित्र निर्मात्री खेजी राईको रहेको छ ।
वर्षातको मौसम अर्थात हराभराको समयमा छायाङ्कन गरिएको भिडियोको मुल कथा मान्छेलाई सुख भित्री मन आनन्द भएमा मात्रै प्राप्त हुने र भित्री मन दुःखी भएमा बाहिर संसार जाति सुकै सुन्दर रहेपनि फिका लाग्छ भन्ने हो ।
प्रकृतिले हराभरा भएर विछट्टै सुन्दर देखिए पनि गायिका नेम्बाङले आमा बुबालाई गुमाउनु पर्दाको पिडा कुनै सुन्दर संसारले पनि पुर्ति गर्न नसकेको भिडियोको मुल सन्देश हो ।
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला।
हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं –सम्पादक।
मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।
Email: everestnews@outlook.com
evtelevison@outlook.com
Ph: 01 5550662, Cel: 98510 97929, 98088 94906
गीत-सङ्गीत र कलाकारिताको लागि
nepaliculture@mail.com
Website:
Television: https://everesthd.tv
Online News: https://everestnewsnepal.com
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .
भिडियोलाई लाइक र च्यानेललाई सब्सक्राइब गर्नुहोला धन्यवाद ।