पत्रकारिता, भाषा साहित्यमा वाम्बुले समुदायका अग्रज पुस्ता गणेश राई ललितपुरको गोदावरी नगरपालिका वडा नं २ बिस्टछाप किटाचौरमा सरेकाछन ।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो नया घरमा असोज २८ गते सरेको खुशीयाली बाँडेको थिए । बरिष्ठ पत्रकार राई कान्तिपुर दैनिकका बरिष्ठ उपसम्पादक तथा वाम्बुले राई समाजको केन्द्रीय उपाध्यक्ष हुन ।
तीन दशक भन्दा लामो अबधि पत्रकारिता र वाम्बुले साहित्यमा समय खर्चेका राई लिब्जु भुम्जु त्रिभाषीय त्रैमासिक पत्रिकाका सम्पादक तथा प्रकाशक समेत हुन ।
भाषिक पत्रिका लिब्जु भुम्जुको लेखन कलाबाट आफ्नो सिप र दक्षतालाई तिखार्दै नेपालको लोकप्रिय राष्ट्रिय दैनिक पत्रिका कान्तिपुरमा संवाददाताबाट प्रवेश गरेका राई वाम्बुले समुदायको भाषा र साहित्य उत्थान तथा संरक्षणका अग्रज हुन ।
मातृभाषी प्रेमीराईले वाम्बुले भाषाको उत्थान र संरक्षणको पहलकदमी २०४८ सालबाट मातृभाषी पत्रिका तथा वाम्बुले कविता प्रतियोगिता समेत निरन्तर रुपमा आयोजना गर्दै आएकाछन ।
पत्नि सिता लुङ्खिम राई र छोरा इक्स्वामहाङ राईसंग लामो समयदेखि सातदोबाटो स्विमिङपुल, नया बस्तीमा भाडामा बस्दै आएको राई केही वर्ष अगाडि नै निजि घरमा सर्ने योजनामा रहेपनि कोरोनामहामारीको कारण ढिलो भएको बताउनु हुन्छ ।
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला।
हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं – सम्पादक।
मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।
Email: everestnews@outlook.com
evtelevison@outlook.com
Ph: 01 5550662, Cel: 98510 97929, 98088 94906
गीत-सङ्गीत र कलाकारिताको लागि
nepaliculture@mail.com
Website:
Television: https://everesthd.tv
Online News: https://everestnewsnepal.com
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .
भिडियोलाई लाइक र च्यानेललाई सब्सक्राइब गर्नुहोला धन्यवाद ।