केही समयदेखि क्यान्सर रोगबाट पिडित प्रा.डा. ओम गुरुङ गत असोज ३१ गते एक्कासी पक्षघाटबाट निधन भएको गुरुङको कार्तिक ३ गते मात्रै अन्त्यष्टि हुने भएको छ ।
असोज ३१ गते नेपाल क्यान्सर अस्पताल हरिसिद्धि, ललितपुरमा निधन भएको प्रा.डा. गुरुङको कान्छी छोरी अष्टे«लियाबाट कार्तिक २ गते मात्रै नेपालमा आगमन हुनेभएपछि उनैको अनुरोधको कारण परिवारजनले सवलाई पाटन अस्पतालको सव गृहमा राखेकाछन ।
प्रा.डा.ओम गुरुङको अन्त्यष्टि समय तालिका
- कार्तिक ३ गते, विहन ६ः३० बजे, पाटन अस्पतालबाट सवबाट निकाल्ने
नेकपा (क्रान्तिकारी) माओवादी पार्टी कार्यलय, कुपन्डोलमा
श्रद्धान्जली ८ः०० देखि ९ः०० सम्म
- घर (किर्तिपुर उपमहानगर पालिका वडा नं १०)
विहन ९ः३० बजेदेखि अपरान्ह् १२ः०० बजेसम्म
स्वयाम्भुको गुरुङ आर्यघाटमा अपरान्ह् १ः०० बजे अन्त्येष्ठि गरिने
विगेसो (भूतपूर्व ब्रिटिश गोर्खा संगठन)बाट पाइपर सलामी सम्मान सहित अन्त्यष्टि गरिने ।)
तेस्रो किमोको सफल सेवनपछि क्यान्सर उपचारको नियमित जाँचको लागि नेपाल क्यान्सर अस्पताल हरिसिद्धि, ललितपुरमा असोज ३० विहान १० बजे पुगेको प्रा.डा. गुरुङलाई अस्पताल पुगेपछि असहज भएर तत्कालै आपतकालिन कक्षामा चेक जाच गर्दा पक्षघात भएको थाहा पाउनसाथ तत्कालै चिकित्सकले सघन कक्षमा सिफारिस गरेको थियो ।
सघन कक्षामा उपचारमा रहेको प्रा.डा.गुरुङको असोज ३१ गते अपरान्ह १ः४८ मा चिकित्सकले मृतक घोषणा गरेका थियो ।
२०७३ सालमा नै दाया खुट्टमा क्यान्सरदेखिपछि भारतमा उपाचार गराएका प्रा.डा. गुरुङको पुनः २०७९ साल साउनको पहिलो हप्ता क्यान्सरको लक्षणदेखापरेपछि साउनको अन्तिम हप्ता उपचारको लागि दिल्ली पुगेका प्रा.डा.गुरुङको क्यान्सर अस्पताल दिल्लीमा विशेष उपचार सहित पहिलो किमो समेत भारतमा नै लगाएर नेपाल फर्केका गुरुङको जम्मा ७ पटक किमो लिनु पर्नेमा दोस्रो र तेस्रो किमो क्यान्सर अस्पताल हरिसिद्धिबाट लिंइसकेको थियो ।
२०७१ सालमा किड्नी प्रत्यारोपण गरेका प्रा.डा. गुरुङको डाइविटिज(सुगर) ग्यासटिक, प्रेसर लगायतको रोग लामो समयदेखि झेल्दै आउनु भएको थियो । लामो समयदेखि मृगौलाको औषधी सेवन गर्दै आएको गुरुङको सोही औषधी सेवनको कारण क्यान्सर भएको मृगौला विशेषज्ञले बताएका थिए ।
मृगौला विषेशज्ञालेकिमो नलगाउनु सुझाए पनि क्सान्सरका चिकित्सकले किमो लगाउनुमा उपयुक्त हुने बताएपछि दुबै चिकित्सकसंग एकैसाथ राखेर छलफल गरेपछि दुबैको सहमतिले किमोको उपचार सुरु गरेको मृतक प्रा.डा.गुरुङ स्वयमले बताउनु भएको थियो ।
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला।
हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं – सम्पादक।
मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।
Email: everestnews@outlook.com
evtelevison@outlook.com
Ph: 01 5550662, Cel: 98510 97929, 98088 94906
गीत-सङ्गीत र कलाकारिताको लागि
nepaliculture@mail.com
Website:
Television: https://everesthd.tv
Online News: https://everestnewsnepal.com
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, https://youtu.be/kvRqcWk4Nkoअडियो तथा भिडियो लिंक . . .