रूसको एउटा गुफामा पहिलो पटक निएन्डरथल( Neanderthal ) को एउटा ज्ञात सामूहिक परिवार फेला परेको छ ।
एउटा अनुसन्धान कर्ताको टोलीले उत्खननकोक्रमा “निएन्डरथल” को सामूहिक परिवार जसमा एक बुबा, किशोरी छोरी र अन्य सम्बन्धित आफन्तहरुको जीवाश्म हड्डीका टुक्राहरू र ढुङ्गाका औजारहरू फेला परेका छन् ।
ति भेटिएको अवषेसहरु बाट डिएनए (DNA) परीक्षण गरि वैज्ञानिकहरुले अध्ययन गर्दा उक्त परिवारका सबै सदस्यको 54000 वर्ष पहिले सायद भोकमरीको कारण दुःखद मृत्यु भएको थियो ।
“निएन्डरथल” मानवको बहु प्रजातिहरू मध्येको एउटा प्रजाति हो ।जुन युरोप ,पश्चिम र मध्य एशियाका केही भागहरूमा 350,000 वर्ष भन्दा बढी समयदेखि बस्दै आएको थियो, र लगभग 24,000 वर्ष पहिले विलुप्त भएको थियो। यस खोजले वैज्ञानिकहरूलाई निएन्डरथलको सामाजिक संरचना अध्ययन गर्न आनुवंशिक अनुसन्धान प्रयोग गर्ने नयाँ अवसरहरू खोल्छ।
साथीहरु हाल सम्म वैज्ञानिकहरुले मानवका 21 भन्दा धेरै प्रजातिहरु कुनै समय पृथ्वी अस्तित्वमा रहेको प्रमाण फेला परिसकेका छन्। तर आज जस मध्य पृथ्वीमा मानवको एउटा प्रजाति मात्र अस्तित्वमा छ ।