यसैगरि प्रदेश सभाको लागि ओखलढुङ्गा क्षेत्र नं क बाट लोकतान्त्रिक गठबन्धनबाट प्रत्यासी उम्मेरदवार बनेका नेपाली कांग्रेस पार्टीका प्रदिपकुमार सुनुवार निर्वाचित भएकाछन ।
सुनुवारले १४ हजार ९ सय १६ मत प्राप्तगर्दै निकट प्रतिद्धन्दी पूर्वभौतिक पूर्वधार विकास मन्त्री अम्बिरबाबु गुरुङलाई ३ सय ६० मतको अन्तरले पछिपारेका हुन । गुरुङले १४ हजार ५ सय ५६ मत प्राप्त गरेकोछ ।
ओखलढुङ्गा क्षेत्र नं ख बाट लोकतान्त्रिक गठबन्धनबाट प्रदेस सभाको लागि नेकपा माओवादी केन्द्रबाट प्रत्यासी उम्मेदवार बाबुराम गौतमले विजय हासिल गरेकाछन ।
गौतमले १७ हजार ७ सय ३८ मत सहित निकट प्रतिद्धन्दी नेकपा एमालेका प्रत्यासी उम्मेदवार ज्ञानबहादुर खड्कालाई १ हजार ९६ मतको अन्तरले पछि पार्दै निर्वाचित भएका हुन ।