पत्रकार गजेन्द्र राईलाई समाचार लेखेकै विषयलाई लिएर नेपाल प्रहरीले पक्राउ गरी ‘साइबर क्राइम’को मुद्दा चलाएकोप्रति नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमिति, महासंघ प्रदेश १ समिति विराटनगर, महासंघ शाखा उदयपुर, आदिवासी जनजाति पत्रकार महासंघ, नेपाल पत्रकार प्रेस सेन्टर नेपाल, किरात राई पत्रकार महासंघ लगायतको प्रेस जन्यसंघ-संस्थाले घोर भत्सर्ना गर्दै अबिलम्ब रिहाइको माग गरेको छ ।
पत्रकार राईलाई समाचार लेखेकै भरमा नेपाल प्रहरीले पक्राउ गर्नु प्रेस स्वतन्त्रताको खिल्ली उडेको प्रेस विज्ञाप्तिमा जनाइएको छ ।
रेडियो नेपालका जिल्ला संवाददाता तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ केन्द्रीय सदस्य राईले समचार लेखेकै भरमा पक्राउ गरी सम्बन्ध नै नराख्ने ‘साइबर क्राइम’मा मुद्दा चलाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको अंगुस लगाइएको विज्ञाप्तिमा उल्लेख छ ।
प्रेस काउन्सिल नेपाल हुँदाहुँदै प्रहरीले समाचार लेखेकै विषयमा पत्रकार राईलाई पक्राउ गरि थुनामा राख्नु नेपाल प्रहरीले प्रेस स्वतन्त्रता र लोकतन्त्रताकोे धज्जि उडाएको बताइएको छ ।
समाचार साइबर क्राइमसंग सम्बन्धित नहुने हुँदा ‘साइबर क्राइम’को मुद्दा अविलम्ब फिर्ता लिई प्रेस जगतको अनुगमन गर्न राज्यले स्थापना गरेको आधिकारिक निकाय प्रेस काउसिन्ल नेपालमार्फत निरुपणका लागि सरोकारवाला निकायसँग माग गरेको छ।
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला।
हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं – सम्पादक।
मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।
Email: everestnews@outlook.com
evtelevison@outlook.com
Ph: 01 5550662, Cel: 98510 97929, 98088 94906
गीत-सङ्गीत र कलाकारिताको लागि
nepaliculture@mail.com
Website:
Television: https://everesthd.tv
Online News: https://everestnewsnepal.com
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, https://youtu.be/kvRqcWk4Nkoअडियो तथा भिडियो लिंक . . .