कोरिया भित्र हुने गरेका बिकृति र बिसङ्गति तथा यथार्थ घटना वारे जानकारि दिदै गर्दा यहाँहरुलाइ विश्वास नै नलाग्ने खालको एउटा ऐतिहासिक घटना खोल्दै छु । झट्ट हेर्दा कथा जस्तै लागेपनि यो वास्तविक हो
घटना सन १९९३ साल तिरको हो । रोजगारीको शिलशिलामा दक्षिण कोरिया आएकी नेपाली चेली चन्द्रा कुमारी गुरुङ , जसले कोरियन भाषा थोरै पनि जानेकि थिइनन । एकदिनको कुरा हो । उनि भोक प्यासले आकुल ब्याकुल भएपछि एउटा कम्भिनेस्स पसलमा पुगि खाना खाइन तर उनि संग तिर्नु पर्ने प्रयाप्त पैसा थिएन ।
संयोगवस उक्त दीन उनले आफ्नो परिचय पत्र सहितको ब्याग आफ्नो बस्ने कोठामा छोडिछ्न । न त राम्रो भाषा जान्ने ,न त परिचय पत्र साथमा छ । न त खाना खाए बराबरको प्रयाप्त पैसा तिर्न सकिन ! उनि गुनासो गर्दै थिइन “मैले पर्स ल्याउन भुलेछु म आफ्नो रुमबाट ल्याएर दिन्छु” तर पसल मालिकले उनको भाषा बुझेन । उसले प्रहरिमा खबर गरिदियो , तुरुन्त प्रहरि आयो उनलाइ पक्राउ गरि हिरासतमा लगियो । उनि भाषा जान्दिनथिइन त्यसैले जे भनेपनि हो मात्र भनिरहिन कोरियन प्रहरिले उनको सोझो पनको फाइदा उठाउदै इल्लाउदै, गिज्याउदै करिब सात बर्ष सम्म उनलाइ मानसिक सुधार केन्द्र देखि हिरासत गृह सम्म राखेको थियो । उनको गल्ति यो थियो कि बस्ने स्थानमा पर्स छोडिएको कारण खाना खाए बापत ३ देखि ४ हजार कोरियन वोन (पुर्ण यकिन भएन लगभग ) अर्थात ४ सय नेपाली रुपिया तिर्न सकेकि थिइनन । उनको बारेमा कोरियाको अदालतमा मुद्वा चल्यो तर प्रहरि द्वारा आफ्नो गल्ती लुकाउन, उनलाइ पागल हो भनि देखाउदै बेहोस बनाउने देखि लिएर पागल बनाउने सम्मको औषधिहरु दिदै आएको थियो । उनलाइ कोरियन हिरासतमा यति सम्मको यातना दिइयो कि छिन छिनमा उनलाइ पागल हुने सुइ सम्म लगाइन्थ्यो । उनको केस संयुक्त राष्ट्रसंघको मानवअधिकार सम्म पुग्यो । अन्त्यमा कोरियाको अदालतले घुडा टेक्दै तात्कालिन रुपमा २३ हजार अमेरिकि डलर क्षतिपुर्तिका साथ रिहाइ गरि स-सम्मानको साथ नेपाल फर्काएको थियो । यो वारेमा अझै धेरै जानकार हाम्रो KP Sitoula दाजु हुनुहुन्छ ।
कृपया उनको नाममा बनेको यो डकुमेन्ट्री भिडियो अन्तिम सम्म हेरेर प्रतिकृया दिनुहोला ।
https://www.facebook.com/100000884779224/videos/848906482985494