अरुण गाउपालिका वडा नं १, खनिटार, भोजपुर निवासी गङ्गामाया बलम्पाकी मगर आगोमा परि गम्भिर घाइते भएपनि आर्थिक अभावको कारण उपचार हुन सकेकोछैन ।
हाल बिराटनगरमा उपचारार्थ मगरको आर्थिक अभावको कारण थप उपचार हुन नसकेको पिडित मगरका आफन्त रविन मगरले बताउनु भयो ।
डेढ महिना अगाडी आगोमा परि गम्भिर घाइते भएरपनि कुनै दातृ निकाय, सरकार तथा मनकारी आफन्तजनको साथ सहयोग नपाएको र आफ्नो पनि उपचारमा खर्च गर्ने आर्थिक हैसियत नभएकोले डेढ महिनादेखि मरासन्न अबस्थामा बाच्नु परेको पिडित मगरले भकानिदै आफ्नो पिडा सुनाइन ।
छिमेकी नै भएपनि समयमा सूचनाप्रवाह नहुदा हालसम्म घाइते महिलाले आर्थिक अभावको कारण उपचार हुन नसकेमा खबर सुन्दा आफु ज्यादै मर्महात भएको भन्दै अधिवक्ता फडिन्द्र काकीले एभरेष्ट न्यूज टेलिभिजनलाई आर्थिक सहयोगको लागि समाचार सम्प्रेषण गरिदिन आग्रह गर्नुको साथै सकेसम्मको सहयोग आफु तथा आफजनहलाई गुहार्ने बताउनु भयो ।
कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको सक्त घाइते मगरको उपचारमा आर्थिक सहयोग गर्न चाहानेको मनकारी मानुभावहरू आइसी एफसी (ICFC Finance) फाइनन्नसको खाता नं ०१२०१२०७८०००६२४५०००००१ रजनी थापाको नाममा आर्थिक रकम सहयोग गर्न सकिनेछ ।