महाशिवरात्रीको अवसर पारेर किरात राई प्रज्ञा परिषदले किरात राई प्राज्ञिक गोष्ठीको आयोजना गरेको छ ।
संस्कृति मन्त्री सुदन किरातीको प्रमुख अतिथ्यमा उद्घाटन हुने गोष्ठिमा प्रागिक क्षेत्रका दिग्गज व्यक्तिहरूले आफ्नो भनाइ राख्ने तथा सामुहिक छलफल समेत हुने किरात प्रज्ञा परिषदको कुलपति जय कुमार राईले बताउनु भयो ।
गोष्ठीमा समाजशास्त्री प्रा.डा. कृष्ण भट्टचन, डा. लालरापचा, आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका पूर्वउपाध्यक्ष जितपाल किराती, डा. जनक राई, डा.पर्वत कुमार राई, डा. सोमबहादुर धिमाल, प्रा.डा. गोविन्द तुम्बाहाङ, पूर्व मन्त्री गोपाल किराती, पूर्व मन्त्री डा. के.के. राई, चलचित्र निर्देशक नविन सुब्बा, किरात राई यायोक्खाको संघीय अध्यक्ष जीवन हाताचो, सञ्चारकर्मी गणेश राई, पदम राई, तिलक राई, चलचित्रकर्मी महेश राई लगायतका विभिन्न क्षेत्रमा अध्ययन अनुसनधानमा संलग्न बौद्धिक व्यक्तित्वहरू आफ्नो कार्यपत्र प्रस्तृत गर्नेछन ।
कार्यक्रम किरात राई यायोक्खाको सभा हल सुम्निमा फाल्गुन ६ र ७ गते हुनेछ ।