गुल्मी निर्वाचन क्षेत्र न १ का संघीय साम्सद माननीय डा. चन्द्र भण्डारीको निवास बुद्धनगर काठमाडौमा ग्यास सिलिन्डर बिस्फोट भएको दु:खद खवर यहाँहरुमाझ राख्दा हामी असाध्यै दुखी छौं ।
माननीय चन्द्र भण्डारी र वहाँको माता घाईते अवस्थामा कृतिपुर अस्पतालमा उपचाररत हुनुहुन्छ । ( डाक्टरहरुका अनुसार माननीय डा. चन्द्र भण्डारीको शरिरको करिब २५ प्रतिशत र वहाँकि माताको ७० प्रतिशतको हाराहारी शरिरको भागमा असर गरेको छ ) धैर्य धारण गरौं , डाक्टरहरुको अनवरत प्रयास र भगवानको कृपाले हाम्रो आशाको धरोहर धरहरा झै अझै दरिलो भएर उभिने छ ।