नाबालिका करणी काण्डमा जेल परेको पल शाह उच्च अदालत पोखराले प्रमाण अपुग भएको भन्दै नायक शाहलाई सफाइ दिएपछि जेलमुक्त बनेको पल शाललाई समक्षिा अधिकारी नामक फेसबुक आइडीबाट दिइएको बधाई फेक आइडी भएको गायिका समिक्षा अधिकारीले बताउनु भएको छ ।
प्यारो दादा पल शाह जेलमुक्त भएकोमा बधाई तथा शुभकमना विगतका तिता अनुभव विर्सेर साङ्गीतिक क्षेत्रमा हाम्रो सहकार्य हुने कुरामा म विश्वास्तछु भनि लेखिएको स्टाटस् र आइडी आफ्नो नभएको बताउनु भएको छ ।
यसैगरि नायक शाह छुटेको विषयमा सामाजिक सञ्जालमा यतिखेर तिब्र रुपमा अदालतको आलोचना र बधाई ज्ञापन अर्थात धन्यवाद दिने समुह विच चर्कोचर्की परेको छ ।
नायक शाहको समर्थक पक्षले जयजयकार मनाउदैछन भने अर्को पक्षले बालिका बलत्कार जस्तो जघन्य अपराधीलाई छुटाएर नेपाल अब कानुनी विनाको राज्य भएको भन्दै चर्को विरोध गरिरहेकाछन ।