यौन दुर्व्यवहार गरेको गरेको आरोपमा पक्राउ परेको कृषीविद् मदन राई रिहा भएकाछन ।
शुभद्रा मदन फाउन्डेसन (शुभम)मा रहेको नाबालक, नाबालिका तथा किशोरीहरू माथि यौन दुर्व्यवहार भएको उजुरीपछि जिल्ला प्रहरी कार्यालय खोटाङले घटनाको छानविनको लागि राईलाई नियन्त्रणमा लिएको थियो ।
अरोपित राईले भने आफुलाई यौन दुर्व्यवहारको अरोप लगाएर फसाएको बताउनु भयो ।
अरोपित राईले आफ्नो उदेश्य बालबालिकाहरूलाई यौन दुर्व्यवहार गर्ने नरहेको र उनीहरूलाई बेलैमा यौन शिक्षा दिएर सर्तक गराउने र खास गरि नाबालिक तथा किशोरीहरूलाई कसैले यौन हिंसा गर्न खोजे कसरी बच्ने भन्ने बारे शिक्षा दिने मुल उदेश्य रहेको बताउनु भयो ।
शुभद्रा मदन फाउन्डेसन (शुभम)को संस्थापक राईले लामो समयदेखि व्यवाहरिक ज्ञान सहित शिक्षा दिने उदेश्यको साथ २ सय जनाभन्दा बढि विद्यार्थीहरूलाई छात्राबासको व्यवस्था सहितको शिक्षा दिँदैआइरहेको व्यक्ति हुन ।
खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल स्थित जनजागृति उच्च माध्यमिक विद्यालय स्कुल व्यवस्थापन समितिको सहमतिमा ९ वर्षअघि सो विद्यालय जिम्मा लिएर व्यवस्थापन र सञ्चालन गर्दै आएको छ ।
उमेरले ७५ वर्ष पुुगेका राईको बृद्ध अबस्था भएकोले केही वर्षदेखि हल्का मानसिक समस्य देखापरेको जस्तो अनुभूति भएको राईको निकट आफन्जनले बताएकाछन ।
उमेर ढल्कैदै गएपछि डिमान्सिय रोग लाग्ने र त्यो रोग लागेपछि बृद्ध अबस्थाको मान्छे बालपन जस्तो हुने, सानो कुरामा पनि मन दुखाउने, अरुको गोप्य अंगहरू हेरुँरहेरु जस्तो लाग्ने । अपरिपक्का हुने जस्तो परिवर्तन आउने रोग विषेशज्ञाहरूले बताएकाछन ।
प्रहरीको नियन्त्रणमा रहनुपर्दा राईलाई थप मानसिक पिडा भइ स्वस्थ्य तथा मानसिकतामा जटिलता आउन सक्ने भएकोले ढलोटीमा छुटाइएको अधिवक्ता कुमार जेरोले बताउनु भयो । न्यायाधिश सुवासबाबु पुरीको इजलासले राईलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।