दक्षिण भारतीय चलचित्र आदिपुरुषमा समाबेश भएको सिता भारतकी छोरी हुन भन्ने संवादलाई लिएर भएको विवाद आदालतसम्म पुग्दा पनि सुल्झिएकोछैन ।
विश्वभरिको प्रदर्शनमा रहेको संवाद नसच्चिएसम्म काठमाण्डौँको महानगर पालिकाभित्र संचालित रहेको हलहरूमा हिन्दी चलचित्रपूर्ण रुपमा बन्द गराएको काठमाण्डौँ महानगरपालिकाका मेयर बालेन साहले दिएको ३ दिनको अल्टिमेटम सकिएपछि सबै हलहरूमा चलिरहेको हिन्दी फिल्म तथा आदिपूरुषको प्रदर्शन रोकिएपछि वितरकले मेयर साह बिरुद्ध उच्च अदालत पाटनमा मुद्धा दायर गरेको थिए ।
उच्च अदालत पाटनले चलचित्र वितरकको पक्षमा फैसला गरेपनि आदिपूरुषका लेखक मनोज मुंतशिरले भारतीय सञ्चार माध्यम आजतकसँगको कुराकानीमा सन १९०३ अगाडि नेपाल भारतकै हो र हाल पनि भारतको एक अंश भएको बताएपछि मेयर बालेन झन आक्रोशित बनेका हुन ।
उनले ‘जब देशमा सबै जना मरेका हुन्छन,
तब एक जनाले सास फेरेर देखाउनु पर्छ, कि म जिवितछु’ भन्ने स्टाटस् लेखेर शुरु गरेको हिन्दी चलचित्रको रोक अदालतको आदेश समेत नमान्ने भएकाछन ।
उनले नेपाल सरकार र अदालत दुबै भारतको गुलाम भएको भन्दै देशको सार्वभौमिकता र स्वधिनता आफुले जस्तो सुकै दण्ड सजाए भोग्नु परेपनि आफु तयार रहेको समेत जिकिर गरे ।