कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक र मातहत कार्यालय प्रमुख बिच आर्थिक बर्ष ०७९/८० को लागी बार्षिक कार्य सम्पादन सम्झौता भए अनुसार जेठ मसान्त सम्मको कार्य प्रगति विवरण समिक्षा प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यमद्धारा सम्पन्न भएको समिक्षा प्रस्तुतिकरण कार्यक्रममा प्रदेश अन्तर्गतका प्रहरी कार्यालयका प्रमुखहरुले आ-आफ्नो कार्यालयले श्रावण देखि जेठ मसान्त सम्ममा सम्पादन गरेका कार्यहरुको बिवरण प्रदेश प्रहरी प्रमुख समक्ष प्रस्तुतिकरण गर्नु भएको थियो ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट प्रहरी निरीक्षक महेश भट्टराईले कार्यक्रमको सहजिकरण तथा प्रस्तुतिकरण गर्नु भएको थियो ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै कार्य सम्पादन सम्झौता अनुसार आफ्नो लक्ष्य अनुसार पुरा गर्नु पर्ने कार्यहरु गम्भिरतापूर्वक लागि पुरा गर्न हुन तथा थप रचनात्मक कार्यहरुका साथ आम नागरीकको सेवामा २४ सै घण्टा तल्लिन रही जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिनु भयो ।
यसका साथै वाहाँले स्थानीय एफ.एम., रेडियोहरुसंगको समन्वयमा जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आम नागरीकहरुको चेतनामा अभिबृद्धी गरी अपराधीक घटनाहरुमा कमी ल्याउन पहल गर्नु का साथै सिमावर्ती क्षेत्रमा हुन सक्ने बिभिन्न अपराधीक गतिबिधीहरुलाई नियन्त्रण गर्न २४ सै घण्टा चुस्त दुरुस्त रुपमा प्रहरी परिचालन गर्न समेत निर्देशन दिनु भयो ।