सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको (एनए–एमभी) हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
मंगलबार विहानदेखि सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको हेलिकप्टर लिखु पिके गाउँपालिका-५ मा दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको त्रिभुवान अन्तराष्ट्रिय विमान स्थल नागरिक उडड्यन प्राधिकरण कार्यालयको महाप्रबन्धक प्रताप बाबु गिरीले बताउनु भयो ।
महाप्रबन्धक गिरीले दुर्घटनामा परेका ५ जनाको सव भेटिएको तर पहिचान नभएको बताउनु भयो । उक्त हेलिकप्टरमा पाइलट सिबी गुरुङ मात्रै नेपाली नागरिक र अन्य ५ जना यात्रु मेक्सिकन विदेशी नागरिक रहेको विज्ञप्तिमा जारिछ ।
मनाङ एयरको (एनए–एमभी) कलसाइन भएको हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कविहीन बनेको थियो ।