श्रावण २०, काठमाण्डौँ । भारतका आठौं सेना अध्यक्ष फिल्ड मार्सल मानेकसले गोर्खा सैनिकको प्रशंसा गर्दै भनेका छन् । यदि कसैले मर्न डराउदिन भन्यो भने यात उ झुट बोलिरहेको छ यात त्यो गोर्खाली हुनु पर्छ । उनले यो प्रशंसाका लागि भनेका भएतापनि उनले यो सत्य बोलेका हुन । किनभने इतिहासमा सबैभन्दा धेरै साहसले गोर्खालीले नै युद्ध लडेका छन्, युद्ध जितेका पनि छन् र युद्धमा मारिएका पनि छन् ।
मर्न देखि नडराएर नै उनीहरु युद्धमा मारिएका हुन् । पहिलो र दोश्रो विश्व युद्धमा ब्रिटिशले खटाएको सेना मध्ये ३५ प्रतिशत सेनाहरु मारिएका थिए । ब्रिटिशको तर्फबाट युद्धमा मर्ने अधिंकाश नेपाली गोर्खाली थिए । ब्रिटिशले नेपाली नौ जवानीहरु माथि गरेको चरम अमानविय व्यवहारको कुनै पनि हिसाब नै छैन् ।
केवल इतिहास कालो भङ्याकार डर लाग्दो प्रश्न चिन्ह खडा भएर रोकिन्छ । ति दुई विश्व युद्धमा मर्ने नेपाली गोर्खालीहरुको कुनै आकडा नै छैन् । न नेपालसँग छ न बेलायतीले देखाउन सकेका छन् । उक्त विश्व युद्ध एउटा रेल मान्ने हो भने त्यो रेल चलाउनको लागि चाहिने इन्धन हुन् गोर्खालीहरु ।
एउटा रेल चलाउन कति कोइलाहरु जलाइन्छ त्यसको कुनै हिसाब नै हुदैन् । बेलायतलाई युद्ध नामको रेल चलाउन सेना नामको इन्धन चाहेको बेला १३ वर्षको बालकलाई १६ वर्षको प्रमाणपत्र दिएर १ जनाको अभिलेखमा १० देखि १५ जनासम्म भर्ती गराएर लगेको पाइन्छ ।
पहिलो विश्व युद्धमा २० हजार गोर्खाली मारिएको रेकड सार्वजनिक हुनु भनेको बिना अभिलेख कति मारिनु होला ? हामी कल्पना मात्रै गर्न सक्छौ भर्तीको अनुपातमा हेर्ने हो भनेपनि लाखौं लाख गोर्खाली सेनाहरु पहिलो विश्व युद्धमा मात्रै मारिएका थिए । यसरी इतिहासको सेतो कफन च्यातेर त्यसभित्रको अध्यारो हेर्दा मुटु काप्छ जिँउमा काँडा पलाउँछ । हामी गोर्खालीको गौरव गर्ने नाउँमा १० पुस्ता देखि किन गोराहरुको ढाल बनि रहेका छौ ।
अब भने यो प्रश्न तड्कालो भएर अगाडी आउनु पर्छ । गोर्खाली सैनिकहरु ब्रिटिशहरुका दासको रुपमा काम गर्न थालेको यो १० पुस्तामा लगभग ६ लाख गोर्खाली सेनाहरुले ज्यान गुमाएको छन् ।
तर अभिलेखमा भने लगभग ७० हजारको मात्र छ, ५ लाख भन्दा धेरै गोर्खालीहरुको मृत्युको कुनै अभिलेखमा छैन् । नेपालसँग अभिलेख छैन नै किन भने नेपालबाट १ जनाको नाम दर्ता गराएर १० देखि १५ जनासम्म गोर्खा सेनामा लगिएको थियो, बेलायतले पक्कै अभिलेख राखेको होला । तर त्यो अभिलेख सार्वजनिक भयो भने संसारमा बेलायतको छवि माटो हुने भएकाले त्यो सार्वजनिक नै गर्दैन् कति कुरा यहाँ लेख्ने प्रायः गर्दागर्दै कति कुरा लेख्न सकिने स्थिति पनि हुदैनन् ।
लाखौं गोर्खालीहरुले ज्यान गुमाए लाखौं गोर्खालीहरु घाइते र अंगभंग भएर घर फर्केकाहरुले खाली खुट्टा घर फर्किनु पर्यो, मर्नेहरुको परिवारहरुले राहतसम्म पनि पाएनन् । यो १० पुस्तासम्म नेपालका प्रत्येक आदिवासि जनजातिको घरबाट एउटा न एउटा व्यक्ति ब्रिटिश सेनामा भर्ती भएका छन् ।
अहिले नेपालमा आदिवासि जनजातिहरु किन गरिब छन् भने त्यो बेलामा ब्रिटिशले गरि खाने युवाहरुलाई भर्ती गराएर नेपालका अधिकांश आदिवासि जनजातिहरुको घरमा खाली बनाएर लगेपछि गरिखाने वातावरण नै सकेको थियो । त्यसैले नेपालमा अधिकाश आदिवासि जनजातिहरु गरिब हुनु परेको एउटा नमुना हो । यो पछि ब्रिटिशले आफ्नो गल्ति लुकाउन लागि नेपालमा जातिय द्धन्द्ध सृजना आफैं गर्यो ।
ठुला जाति ब्राम्हाणहरुले आदिवासि जनजातिहरुमा अन्याय गरे भनेर फैलाउन थाल्यो । गाउँ-गाउँमा बाइबल बाढ्न थाल्यो, फरि त्यही विषयलाई उठ्याएर ब्रिटिशले राजनीति गर्न थाल्यो । यो भङ्याकर डरलाग्दो कथा माथि यति डरडाङ्क कुरा उठाएपछि इतिहासको जरामा पुग्नु जरुरी हुन्छ ।
त्यसका लागि हामी १८१५ को मलोन कन्भेन्सन सम्म पुग्नु पर्ने हुन्छ । उक्त क्षेत्र अहिले भारतको उत्तरखण्डमा पर्दछ । भारतका उत्तरखण्डका पूर्व मुख्य मन्त्री चन्द्र बहादुर खन्डुलीले एउटा पुस्तक लेखेको छन् । पुस्तकको नाम द रि-डिस्कभरेड हिस्ट्री अफ गोर्खास् । उक्त पुस्तकमा लेखेका छन् सन् १८१५ मे १५ को दिन थियो ईस्ट इन्डिया कम्पनीको तर्फबाट अक्टर लोहनी थिए भने नेपालको तर्फबाट अमर सिंह थापा थिए ।
गोर्खालीहरुले युद्धमा ठुलो क्षति व्यहोरेको अवस्थामा त्यो सन्धी शान्ति स्थापनाको लागि थियो । सन्धीमा हस्ताक्षर नगर्ने हो भने अंग्रेजसँग नेपालले फेरी युद्ध गर्नु पर्ने हुन्थ्यो र थप युद्ध गर्दा नेपालको झन धेरै क्षति हुने सम्भावना थियो । सन् १८१५ मे १५ मलोन कन्भेन्सनमा जम्मा ९ बुदे सन्धी भएको थियो ।
उक्त सन्धीको ९औं बुँदामा लेखिएको थियो कि अब उप्रान्त तपाईहरुले ब्रिटिश साम्राज्य महारानीको सेवा गर्नु पाउँनु हुने छ । अक्टर लोहनीले अमर सिंह थापालाई समेत स्वागत गर्दै उक्त सन्धीमा हस्ताक्षर गर्दा अमर सिंह थापाले आँखा भरी आसु पार्दै सन्धीमा हस्ताक्षर गरेका थिए ।
चन्द्र बहादुर खन्डुरीले उक्त दिनलाई (This was dark day for a History of Nepal) नेपालको इतिहासका लागि यो कालो दिन थियो भने बेलायतका लागि रातो दिन थियो, भनेर लेखेका छन् । त्यहाँबाट शुरु भएको सिलसिला हो ब्रिटिश रिजिमेन्ट अध्यावधि छदैछ ।
सन् २०१५ मे १५ मा आइपुग्दा २०० वर्ष पुगेको छ भने सन् २०२३ मे १५ आइ पुग्दा २०८ वर्ष पुरा भईरहेको छ । सन् १९१४ देखि शुरु भएको प्रथम विश्व युद्ध ४ वर्ष ३ महिना २ हप्ता चलेको थियो । उक्त युद्धमा ब्रिटिशले २ लाख ५० हजार भन्दा धेरै नेपाली गोर्खाली सैनिकहरुलाई प्रयोग गरेको भएतापनि ब्रिटिशले वास्ताविक तथ्याङ्क लुकाएको छ ।
औपचारिक ढंगबाट भर्ती हुँदा वास्तविक क्षति देखिने भएको कारणले वास्तविक गोर्खाली सैनिकहरुको मृत्यू र अन्य घटना विश्व युद्धमा २० हजार गोर्खाली सैनिकहरु मरेको झुट्टो तथ्याङ्क सार्वजनिक गरे । त्यस्तै सन् १९३९ सेक्टेम्बर १ देखि १९४५ सेक्टेम्बर २ सम्म ६ वर्ष चलेको दोश्रो युद्धमा झुट्टो विवरण तयार पारी बेलायती सरकारले ७ हजार ५ सय ४४ जना मात्र गोर्खाली सैनिकहरु मरेको देखाई विश्वलाई नै मुर्ख बनाउने प्रायस गरेको देखिन्छ ।
सन् १९४१ मा १ लाख २५ हजार नयाँ भर्ना गरेको भनेको आकडा पनि गलत छ । उक्त ६ वर्षको युद्धमा साढे ४ लाख भन्दा धेरै गोर्खाली सैनिकले बेलायत तर्फबाट भाग लिएको युद्धमा ३५ प्रतिशत सेनाले ज्यान गुमाएकोमा बेलायतले बेलायती नागरिक सेनाहरुलाई पछि राखेर नेपाली नागरिक सेनाहरुलाई अग्र भागमा राखेर गरेको युद्धमा लडाएको ७ हजार ५ सय ४४ मात्रै नेपाली सेनाले ज्यान गुमाएको भन्नु नै बेलायतको लज्जास्पत तर्क हो ।
ईस्ट इन्डिया कम्पनीले मलोन कन्भेन्सन हुनु भन्दा पहिला बन्दी बनाएका गोर्खाली सेनाहरु र मलोन कन्भेन्सन पछि नेपालले ब्रिटिशलाई भर्तीका लागि पठाउनु पर्ने नौ जवानहरु गरेर गोर्खा रिजिमेन्ट तयार गर्यो र ब्रिटिश गोर्खा रिजिमेन्टलाई त्यस्ता‑त्यस्ता ठाउँमा युद्धका लागि पठायो जहाँ अत्यन्तै कठिन युद्ध भईरहेको थियो ।
ईस्त इन्डिया कम्पनीले आफ्नो ब्रिटिश सेना र गोर्खा रिजिमेन्ट आकाश पातालको फरक व्यवहार गर्यो । गोर्खा रिजिमेन्टलाई दासको रुपमा व्यवहार गर्यो । ब्रिटिशहरुको मेस अलगै र गोर्खालीहरुको मेस नै अलग बनाएसँगै खाद्यान्न र पिय पदार्थको गुणस्तर समेत अलग गर्यो । त्यतिमात्रै नभएर गोर्खाली सेनाहरुलाई बस्नुको लागि पनि त्यस्तै सौतेलो व्यवहार गर्यो ।
युद्धमा मरेका बेलायती नागरिक सेनाहरुलाई खोजी‑खोजी सम्मान पूर्वक परिवारहरुलाई जिम्मा दिन्थ्यो तर गोर्खाली सैनिकहरु मरेको र बाँचेको समेत हिसाब नै गर्दैन थियो । उसको नागरिक सेनाहरुलाई श्रीमतिहरुसँग बस्ने सुविधा थियो भने गोर्खाली सैनिकहरुलाई भर्ती भई सकेपछि घर समेत फकेर आउन पाउँदैन थियो । यो पशु सरह गरेको व्यवहारलाई एकातिर वीर गोर्खाली नामले सम्मान गरेको स्वाङ्ग पार्दै ढाकछोप गरियो ।
सन् १८१५ पछि ब्रिटिशले साम्राज्य बिस्तारको क्रममा जहाँ‑जहाँ युद्ध गर्यो पहिलो पटक मर्ने गोर्खाली नै हुन्थे । ब्रिटिशले उपनिवेश कायम गरेका देशहरुले कठौकदाचित स्वतन्त्रताको लागि विद्रोह गरे भने विद्रोह दबाउन गोर्खाली सेना नै प्रयोग गर्यो । शुरुमा नेपाल सरकार गोर्खा भर्ती प्रति उत्साहित थिएन् ।
तर जब नेपालमा जंग बहादुर राणाले शासन हातमा लिए त्यसपछि भने उदार भएको देखिन्छ । त्यसको उदाहरणको लागि सन् १८५७ मा भारतमा भएको सिपाई विद्रोहलाई दबाउनको लागि जंग बहादुर राणाले अंग्रेजलाई सघाउन सेना पठाएको थियो । त्यसपछि अंग्रेजले थाहा पायो कि एउटा एशियाली विरुद्धमा अर्को एशियाली प्रयोग गर्न सकिने रहेछ । त्यसपछि अंग्रेजले निरन्तर रुपमा युद्धको अग्र भागमा राखेर गोर्खाली सेनाहरुलाई प्रयोग गर्न थाल्यो ।
नेपालमा राणा प्रधानमन्त्रीहरुमा जब चन्द्र शम्शेर राणा आए तब उनले गोर्खाली सेना भर्तीमा प्रोत्साहित गरे । ब्रिटिशहरुले गोर्खा सैनिकलाई युद्धमा मात्रै भिडाएन व्यापार पनि गर्यो त्यसको उदाहरण सन् १९५२ बाट शुरु भएको मलेसियाको कम्युनिष्ट विद्रोहलाई दबाउन प्रयोग गरेको नेपाली युवाहरुको रगत र पसिना चुसेर कटुट सम्पत्ति आर्जन गर्यो ।
उक्त २० वर्षे युद्धमा १७ हजार गोर्खाली सैनिक बेलायतले पठाउँदा प्रति व्यक्ति ४ सय ९२ डलर लिएको थियो तर गोर्खाली सैनिकहरुलाई प्रतिव्यक्ति मासिक ९२ डलर दिएर प्रतिव्यक्तिबाट मासिक ४ सय डलर कमायो । यसरी २० वर्षेको हिसाब गर्दा ३२ अर्ब ६४ करोड डलर मलेसियाबाट मात्रै बेलायतले कमाएको देखिन्छ । सिंगापुर, ब्रुनाईबाट पनि त्यसरी नै कमाई रहेको छ, झनै ब्रुनाईको कुरा त अरु अझ अचम्म लाग्दो छ । ब्रुनाइमा ३ हजार गोर्खा सैनिक कार्यरत छन् ।
प्रति व्यक्ति २ हजार ५ सय डलर पारिश्रमिकको सहमति बेलायतले ब्रुनाइसँग गरेको छ । तर उक्त २ हजार ५ सय डलरबाट बेलायतले १ हजार ४ सय डलर राखेर प्रतिव्यक्ति मासिक १ हजार १ सय डलर मात्र गोर्खाली सैनिकहरुलाई दिन्छ । मासिक एक सैनिकबाट १ हजार ४ सय डलरले हिसाब गर्दा ३ हजार सैनिकबाट बेलायतले एकै वर्षमा ५ करोड ४ लाख डलर कमाउँदो रहेछ ।
सन् १९४५ मा दोश्रो विश्व युद्धको समाप्त भएपछि भारतको उपनिवेशबाट बेलायत पछि हट्नु पर्ने भयो त्यो बेला बेलायतलाई गोर्खा सैनिकको ब्रिगेड भालुको कन्पट जस्तै भयो, नसमाउनु नछोड्नु बेलायतले गोर्खा सैनिक एशियाको लागि मात्रै तयार गरेको कुरा घटना क्रमलाई हेर्दा पनि प्रष्ट हुन्छ । बेलायतले गोर्खा सैनिकलाई आफ्नो मुलुकमा लाने पक्षमा थिएन्, उसको उद्देश्य पुरा भईसकेको थियो । उक्त गोर्खा ब्रिगेडलाई भारतमा नै छाडेर जान चाहान्थ्यो र भारत राख्न चाहादैन् थियो, हुन त भारतले राख्न नचाहेको बेला नेपालमा नै फर्काउन पनि खोजेको थियो ।
तर बेलायतले विदेशमा विभिन्न खाले देश देखि सकेका, स्वतन्त्रताका सयौं युद्ध लडि सकेका ति गोर्खा सैनिक नेपाल आए भने हाम्रो विरुद्ध विद्रोह गर्न सक्छन् भन्ने राणाहरुलाई डर भएर नै राणाहरुले गोर्खा सैनिक नेपाल ल्याउन राजि थिएन् । त्यसै क्रममा सन् १९४७ मा भारत र पाकिस्तान फुट्यो त्यसपछि बेलायतले भारतलाई गोर्खा सैनिक नराख्ने भए पाकिस्तानलाई दिन्छौ भनेपछि भारत झस्कियो र गोर्खा सैनिक राख्न भारत राजि भयो ।
त्यसपछि भारतको नेहरु सरकार, उपनिवेशी बेलायती सरकार र नेपालको राणा सरकार बीच सन् १९४७ मा गोर्खा ब्रिगेड विभाजन गरी भविष्यमा पनि कायम राख्ने सहमति गरेका थिए उक्त सन्धीलाई नै त्रिपक्षीय सन्धी भनिएको हो । राणाहरुले उक्त सन्धीबाट दुई वटा फाइदाहरु हेरेका रहेछन् ।
एउटा भारत र बेलायतको सामिप्पिया पाईन्छ र अर्को आफ्ना नौ जवान भारत र बेलायतलाई दिए बापत प्रसस्तै धन पाईन्छ । सन्धी गर्दा बेलायत सेना, भारतिय सेना र गोर्खा सेना बीच भेदभाव नगर्ने भनेर स्पष्ट रुपमा उल्लेख गरिएको भएतापनि, नयाँ दिल्लीमा पुगेर नेपाललाई नै जानकारी नगराई भारत र बेलायत फेरी छुट्टै सन्धी गरे । त्यो सन्धीमा नेपाली नागरिक गोर्खा सैनिकलाई भारतिय तलब संहिता लागु गर्ने व्यवस्था गरिएको रहेछ ।
यसो गर्नु नेपालको सार्वभौमिकता एवम् स्वतन्त्रता माथि प्रहार गर्नु हो । त्यसैको आधारमा बेलायतले नेपाली युवाहरुले काम गरेको तलब नेपाल राष्ट्र बैंकमा नपठाएर भारतिय रिर्जव बैंकमा पठाउन थाल्यो । नेपाली नागरिकको तलब भारतको नियन्त्रण हुने व्यवस्था आफैमा अन्तर्राष्ट्रिय कानून विपरित छ । नेपाल सरकारले आजसम्म पनि आफ्नो राष्ट्र र गोर्खा सैनिक माथि भएको अन्याय मात्र नभई अन्तर्राष्ट्रिय कानून विपरित कार्यको विषयमा प्रश्न उठाउन सकेको छैन् ।
सन् १९५० मा नेपाल सरकार र भारतले गरेको सन्धीका आधारमा त्यो भन्दा अगाडीका सबै सन्धीहरु निष्क्रिय छन् । त्यसो हुँदा अब उक्त सन् १९४७ को त्रिपक्षीय सन्धीको कानूनी वैधानिकता नै छैन् जब उक्त त्रिपक्षीय सन्धी वैधानिकता नै छैन् तब भारत र बेलायतको सन्धी समेत वैधानिकता छैन ।
यसबाट पनि हामी भन्न सक्छौ कि सन् १९५० पछि भारतिय बेकोर्ट लगाई बेलायती गोर्खा सेनामाथि भएका भेदभाव गैरकानूनी भएको स्पष्ट हुन्छ । नेपाल सरकारले यसको दाबी गर्न सक्छ । यतिमात्रै होईन अहिले भने विस्तारै बेलायती नागरिकहरुले सैनिकको जागिर खान छोडै गएको अवस्थामा नेपाली युवतीहरु बेलायती सैनिकमा जागिर खुलाउन बेलायत एकपक्षी यौन आर्कषणको लागि बेलायत त्यो चालचलेको सजिलै बुझ्न सकिन्छ, यो अत्यन्तै अमानविय र अन्तर्राष्ट्रिय कानून विपरित छ ।
नेपाल सरकारले यो विषयमा कडा हुने र यो भन्दा अगाडी भएका सन्धीहरुमा पूनःमुल्यांकन गर्न आवश्यकताको साथै नेपालीहरुलाई पशु सरह विदेशमा बेच्ने प्रक्रियालाई रोक्न अत्यन्तै जरुरी देखिन्छ ।
गोर्खालीहरुको गौरव भित्र लुकेका अपमानको सिलसिला, गोर्खालीहरुको सम्मानको लागि विछ्याएका सेतो कफन च्यातेर भित्र हेर्दा देखिने अन्धकारलाई नियाल्ने प्रायस गरेको हो ।
लेखक: अधिवक्ता कुमार जेरो, राजनीतिशास्त्रका विद्यार्थी ।