परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको ढाँडमा केही समस्य भएपछि उपचारको क्रममा फिजियो थेरापी उपचारपद्धिबाट हुन नसकेपछि मेजर अपरेशन भएको छ ।
परराष्ट्रविद् श्रेष्ठको मनमोहन मेमोरियल अस्पताल सितापाइलामा भएको हो ।
केही समय अगाडी ढाँडको दुखाइले सताएप्छि उपचारको लागि थेरापी पुगेका थिए । ८२ वर्षको उमेरमा पनि युवा जतिकै जोसिलो परराष्ट्रविद् श्रेष्ठ लामो समयदेखि ब्रिटिश भूतपूर्व सैनिक संगठान (विगेसो)कोमा आबद्ध भई बेलायत सेनामा भर्ती भइ विभेदमा परेको भूतपूर्वको हक हितको बारे ओकलत गर्दै आएको महान योद्ध तथा विगेसोका सल्लाहकार समेत हुन ।
अस्पतालको वेडबाट नै जोसिदै परराष्ट्रविद् श्रेष्ठले डिस्चार्ज हुने वित्तिकै विगेसोको कार्यक्रममा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको विगेसोका सभापति पदम सुन्दर लिम्बुले बताउनु भयो ।
परराष्ट्रविद् श्रेष्ठको स्वस्थ्य स्थितिको जानकारीको लागि विगेसोका सभापति लिम्बु, नेता तथा विगेसोको सल्लाहकार परिथापा, विगेसोको कानुनी सल्लाहकार फडिन्द्र कार्की, विगेसोको सास्कृतिक संयोजक गायिका मनु नेम्बाङ र विगेसो सिङ्गापुर प्रमुख पल घर्ती मगर सहितको टोली अस्पताल पुगेको थिए ।