मस्ता “मष्टा” कै पर्याय हो । पहिले गाईको बलि दिइने मगर देवताको स्थान हो यो । गोबध प्रतिबन्धित भएपछि आजकाल भेडाको साँढ्को बली दिइन्छ ।
मगर र खसहरुका बीचमा देवता साटासाट अर्थात दुबैले दुबैथरीका देवता मान्ने चलनको जीवित उदाहरण हो यो ।
वराह मगर जातिका देवता हुन । मष्टा खसका देवता हुन् । खसहरु लगभग सबैले वराह मान्छन् । मस्ट पुज्ने मगरहरु पनि छन् ।
खसहरुको “बाह्र मष्ट” भन्ने पुरानो चलनलाई बारामष्ट अर्थात “वराह मष्ट” ले प्रतिस्थापित गरेको छ ।