सहकारी विभाग नया बानेश्वर, काठमाण्डौँले सहकारी सामुहिक जिम्मेवारी संस्था भएकोले उल्लेख गर्दै सबै समिति तथा सदस्यलाई सचेत गराउन अनुरोध पत्र सार्वजानिक गरेको छ ।
विभागले सहकारीमा आबद्ध संचालक समिति, लेखा सुपरीक्षण समिति, र सम्पूर्ण शेयर सदस्य समेतको सामुहिक जिम्मेवारी रहेकोले सहकारी मुनाफा हुँदा वा डुब्दा कोही पनि अछुतो नरहने अर्थात सहकारी डुबेको अबस्थामा अबद्ध सदस्य वा समिति कोही पनि पञ्छिन नमिल्ने अर्थात कुनै बहानामा कसैले छोडेपनि कथमकाल सहकारीमा सो सदस्य संलग्न भएको बेलाको कारोबारकोले अप्ठ्यारो परिस्थित सृजना भएमा सो सदस्यको अनिवार्य सो समस्याको समाधानको जिम्मेवारी रहने अनुरोध पत्रमा उल्लेख छ ।