संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको आज अन्त्येष्टि गरिँदै छ । बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानको साथ अत्येष्टि गरिने स्वकीय सचिव कृष्णप्रसाद काफ्लेले बताउनु भयो ।
अध्यक्ष नेम्बाङको शोकमा आज सार्वजनिक बिदा पनि दिएको छ ।
नेकपा एमाले पार्टीको उपाध्यक्ष नेम्वाङको सोमबार राति हृदयतघातबाट निधन भएपछि शिक्षण अस्पतालबाट पार्थिव शरीरलाई श्रद्धाञ्जलीको लागि मंगलबार दिउँसो पार्टी कार्यालय च्यासल, ललितपुरमा पुर्याइएको थियो ।
जहाँ राष्ट्रिपति, प्रधानमन्त्रीदेखि दलका शीर्ष नेता तथा कार्यकर्ता, शुभेच्छुकहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए । बुधबार दिउसो नेम्बाङको पार्थिव शरिरलाई निजी निबास बलुवाटारमा पु¥्याइएकोछ ।
आज बिहीबार बालुटारबाट शिक्षण अस्पताल, नारायण गोपाल चोक, चाहिल हुँदै पशुपति लगेर अन्त्यष्टि गरिने बताइएको छ ।