साङ्गीतिक कार्याक्रमको लागि बेलायत पुगेकी गायिका सिमानानु गुरुङले पुनः भिषा पाएकोछ ।
गायिका सिमा र स्याङ्जा समाज यूकेको अध्यक्ष सार्दा गुरुङ तथा एनआरएन यूकेको अध्यक्ष प्रेम गाहवीच केही समयदेखि आपसी विवाद भएपछि गायिका सिमा बेलायतमा नै अनाधिकृत तबरले बसोबास गरेको आरोप सहित बेलायतको होम आफिस (गृह विभाग)मा उजुरी परेपछि गायिका सिमालाई समस्य परेको थियो ।
तर उनले आफु प्रायोजकहरूसंगको पूर्वसहमति अनुसार नै बसोबास गरेको र भिषा बाकी रहेको सपूत प्रमाण गृह विभागमा पेश गरेपछि उनले आफ्नो भिषा अबधिभर निर्धक्क पूर्वक बस्ने अनुमाति दिनको साथै उनीमाथि यौन दुव्र्यहारको आरोप लागको स्याङ्जा समाज यूकेको अध्यक्ष सार्दा गुरुङ र सहयोगी एनआरएनको अध्यक्ष प्रेम गाहलाई समेत कारबाही गर्न गृह विभागले सुझाब दिएको सिमा गुरुङले एक बक्तव्यमा उल्लेख गर्नु भएकोछ ।
गायिका सिमाले अध्यक्ष सार्दाले आफुलाई होटलमा गएर शारिरिक सम्पर्क गर्ने प्रस्ताव गरेको र एनआरएनको आध्यक्ष प्रेम गाहले समेत सार्दा गुरुङको प्रस्ताव स्विकार गर्नु पर्ने दबाफ दिएको गयिका गुरुङको आरोप छ ।
स्याङ्जा समाज युकेको अध्यक्ष सार्दा गुरुङ र एनआरएन अध्यक्ष प्रेम गाहले भने आरोपको खण्डन गर्दै आउनु भएकोछ ।