शुक्रबार राती भएको ४ जनाको विभत्स हत्यामा तालिम प्राप्त कुकुर सहितको नेपाल प्रहरीको अनुसन्धान टोलीले अनुसन्धान थालेकोछ ।
काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा रहेको दिव्य सस्मिलमा ४ जनाको सामूहिक हत्या भएको हो । हत्या भएकामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राई रहेका छन् ।
ट्याक्सी चढेर प्रहरीकोमा हत्याको खबर पुराउने दिपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएकोछ । राई सोही घरमा बसेको तथा मादक पर्दाथ सेवन गरेको समेत खुलेकोछ । हत्या भएको चारै जनाको सनखत भइसकेको छ ।