देशभरको शिक्षाकहरू पठनपाठन छोडेर संघीय राजधानी काठमाण्डौमा आन्दोलनमा उत्रेपछि सरकारले शिक्षकको मागबारे छलफल गर्न तयार भएकोछ ।
यसअघि शिक्षा मन्त्रालयले वार्तामा बोलाउँदा शिक्षकहरु वार्तामा बसेका थिएनन् । बुधबार शक्ति प्रदर्शन गरेपछि शिक्षकको प्रतिनिधि वार्तामा बस्न तयार भएको हो । आज विहिबार विहान ८ बजेबाट सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच वार्ता भइरहेको छ ।
वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक कुमार राई, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी छन् ।
विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै शिक्षकहरुले विद्यालय बन्द गरी बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् ।
वार्तामा शिक्षकहरुका मागबारे छलफल भइरहेको छ । वार्ता भइरेहेपनि काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् ।