उदयपुर जिल्लाको ताप्ली गाउँपालिका वडा नं ३ निवासी डिकबहादुर मगर ‘दिवाकर’को दुबै मृगौला फेल भएर उपचारत छन् । दिवाकर विगत एक महिनादेखि मृगौला फेल भएर काठमाडौंको वीर अस्पतालमा उपचार गर्दै आएका छन् ।
घरको आर्थिक अवस्था कमजोर भएको कारणले गर्दा मृगौला पिडित दिवाकरले उपचारको लागि सहयोगको अपिल गरेका छन् । कौशिला प्रा.वि.का प्रधानाध्यापकसमेत रहेका मृगौला पिडित दिवाकरले उपचारको लागि आफ्नो आर्थिक अवस्थाले नपुगेपछि सहयोगको लागि सबैलाई आग्रह गरेका हुन् ।
लामो समयदेखी अध्यापन गराईरहेका ४७ वर्षिय दिवाकर वीर अस्पतालमा डाईलोसिस गराउँदै आएका छन् । सहयोगको लागि डिकबहादुर मगरको नाममा रहेको प्राइम बैंक ताप्ली शाखाको खाता नम्बर ०७७००१३८ PS मा आर्थिक सहयोग गर्न सकिने छ । तथा विरामी स्वय्म 984-2979939 नम्बरमा सम्पर्क राखेर सहयाेग गर्न सक्नु हुनेछ ।