इजरायलमा किन जहिले द्वन्द भै रहन्छ ?
यस बारेमा पुस्तकमा त पढिएकै थियो तर पनि २०१३ मा इजरायल गएको बेला यस बारेमा नजिकबाट आफ्नै आखाले देख्ने बुझ्ने मौका पाए |
पहिलो फोटोमा देखिएको छ : १ ) एउटा ठुलो पर्खाल , २ ) मस्जिद , ३ ) मस्जिदको छेउमा चर्च
– त्यो पर्खाल भनेको ३ हजार बर्ष पहिले यहुदी राजा डेभिड ले बनाएको यहुदी पवित्र मन्दिरको पर्खाल ( त्यो पर्खाल कार्बनडेटिङ गरेर हेर्दा पनि ३ हजार बर्ष पुरानो नै देखिएको छ रे )
– अनि त्यो चर्च भनेको रोमन हरुले यहुदीहरुलाई ध्वस्त बनाए पछी त्यहि यहुदी मन्दिर भत्काएर बनाएको चर्च ,
– अनि त्यो मस्जिद भनेको पछी मुस्लिम धर्म आए पछी चर्च कै आगनमा बनाइएको छ | त्यो मस्जिद –साउदी को मक्का पछिको दोस्रो महत्वपूर्ण रे | अल्लाह पृथ्वी बाट जन्नत स्वर्गमा जादा अल्लाहले आफ्नो जुत्ता छोडेको ठाउमा नै त्यो मस्जिद बनेको रे |
– अब तपाइँ भन्नुस ,यहुदीको पहिलो मन्दिर ,क्रिस्चियनको पहिलो चर्च र मुश्लिम को दोस्रो महत्वपूर्ण मस्जिद यौटै आगनमा भएपछी स्थाई द्वन्द हुदैन त ?
यो फोटो इजरायल को ऐतिहासिक शहर जेरुसेलम को हो ,जेरुसेलम को यो चोक विश्वको ठुलो सभ्यताहरू यहुदी ,क्रिश्चियन र मुश्लिम को संगम स्थल जस्तै हो | झगडा ,द्वन्द को संगम स्थल बनेको उक्त चोकमा सम्झनाको लागि मैले पनि एक प्रति फोटो खिच्न भ्याए |
छोटकारिमा भन्नु पर्दा ,हालको इजरायलमा आज भन्दा ३ हजार बर्ष अघि यहुदी सभ्यता थियो | अनि २ हजार बर्ष अघि रोमन (इटाली ) हरुले इजरायलमा आक्रमण गरे ,रोमन हरुले इजरायल को यहुदीहरुलाई तहस नहस बनाए ,यहुदी सभ्यता /इजरायल धुलो पिठो भयो ,रोमन हरुले यहुदीहरुलाई दास बनाएर पानी जहाजबाट युरोप भरि लगे |
रोमनहरुले सोध खोज गरे – ‘’ यो यहुदीहरुको बिरुद्धमा लडने कोहि थिएन ?’’ भनेर सोध खोज गरे |
त्यहि क्रममा एकजना जिसस नाम गरेको व्यक्तिले यहुदी राजाहरुको बिरोध गरेको तर यहुदीहरुले उसलाई क्रुस मा झुन्डाएर मारेको कुरा रोमनहरुले थाहा पाए |
त्यसबेला रोम (इटाली ) मा राजतन्त्रात्मक सामन्तबाद फस्टाउदै थियो | त्यो सामान्ती राजाहरुलाई कुन बिचार ठिक हुन्छ त यहुदी हरुको जिज्ञासु /अराजक बिचार कि जिसस को आज्ञाकारी अबिद्रोहात्मक सहनशील विचार ! यसमा रोमका राजाहरुले जिसस को बिचार छाने – रोमन हरुले जिसस को नाममा चर्च बनाए र उक्त जिसस को बिचारलाई युरोप (रोम ) ल्याए ,अनि रोम क्रिस्चियन बिचारको केन्द्र बन्यो | यसरि मध्यपूर्व एसियामा जन्मेका जिसस युरोप को प्रमुख देवता र धर्म बनेर युरोप पुगे |
अर्कोतिर यहुदी सभ्यता धर्म ध्वस्त बनाइयो | यहुदीहरू आफ्नो राजा डेभिड ले बनाएको त्यो जेरुसेलम को सुन्दर मन्दिर सम्झिदै ,रुदै ,रुदै ,युरोप देखि इन्डिया सम्म २ हजार बर्ष बिताए |
अर्कोतिर ,इजरायल को नजिकै रहेको अरब देशहरुमा ६ /७ सताब्दिमा मुश्लिम धर्मको शुरुवात भयो | उक्त मुश्लिम धर्मको प्रभाव इजरायल मा पनि आइपुग्यो | इजरायल बाट यहुदीहरू बिलय /पलायन भैसकेको थियो | कम्तिमा पनि ९ /१० शताब्दीमा इजरायलमा मुश्लिम धर्म आइपुग्यो र उनीहरुले आफ्नो सभ्यता बिस्तार गरे |
बाकि रहेका यहुदीहरू क्रिश्चियन भएका थिए होलान र पछी जब मुश्लिम पुगे तब ति क्रिश्चियन हरु पनि मुश्लिम मा धर्मान्तरन भै गए होला |
जेहोस त्यो इजरायल क्षेत्र ९ औ शताब्दि देखि सन् १९४७ सम्म ,करिब १००० बर्ष सम्म मुश्लिम हरुको अधिन /राज मा रह्यो |
१ हजार बर्ष सम्म मुश्लिम हरुको राज रहदा त्यहा यहुदीहरू पनि थिए र अहिले उनीहरु दास बनेर संसार भरि छरिएका छन् भनेर त्यहाका मुश्लिम हरु ( आजका प्यालेस्टाइन /हमास हरुले )ले बिर्सिसकेका थिए |
तर दोस्रो विश्व युद्ध पछी विश्व राजनैतिक अवस्था बदलियो – यहुदी पक्षधर अमेरिकाले विश्व युद्ध जित्यो |
अनि विश्वभरको यहुदी हरुलाई ल्याएर प्यालेस्टाइन मा बसायो ,इजरायल बनायो ,मुश्लिमहरु बसिरहेको ठाउमा पुरानो यहुदीहरू आएर जबर्जस्त बसे | यहुदीहरू हरेक कुरामा पोख्त थिए ,बिज्ञान त यहुदीहरुको पेवा जस्तै थियो |
अणुबम को पिता अल्बर्ट आइन्स्टाइन यहुदी ,कार्ल मार्क्स यहुदी ,सिग्मन फ्राइड यहुदी ,हलिउड को मालिकहरु यहुदी ,फेसबुक को मालिक यहुदी – भनौ न विश्वमा १०० जना नोबेल पुरस्कार जित्नेमा ९० जना यहुदी |
यहुदीहरुले दोस्रो विश्व युद्धमा पिडा पनि भयङ्कर भोगे | ६० लाख यहुदी लाइ हिटलर ले मारे भन्ने अभिलेख छ |
यसरि इजरायल ,प्यालेस्टाइन ,हमास को समस्या एकदम जटिल छ |
विश्व राजनैतिक बुझ्न चाहनेले फोटोमा रहेको यहुदीको पर्खाल ,त्यसैको छेउको चर्च र त्यसैको छेउको मस्जिद को बारेमा बुझ्न जरुरि छ |
म २०१३ मा आदिबासी जनजाति महासंघ को कार्यक्रम मा इजरायल जादा त्यहा दिनभरी घुम्ने अनि बेलुकि फेसबुक लेखेर त्यहाको इतिहासको बारेमा जानकारी दिएको थिए |
त्यसबेला हजारौले मेरो पोस्टहरु हेरेर त्यहाको इतिहास र बर्तमान द्वन्दको जड कुरा बुझ्ने प्रयास गरेका थिए |