लिम्बु समुदायको अग्रज गीतकार तथा हाक्पारे गायक सुवर्ण नेम्बाङ अस्पतालबाट सिस्चार्ज हुनु भएको छ । बेलायतबाट नेपाल फर्किने वित्तिकै स्वस्थ्यमा गम्भिर असरदेखिपछि उपचारको लागि सुमेरु अस्पताल धापाखेलमा उपचारपछि घर फर्किनु भएको हो ।
बेलायतमा बस्दै आउनु भएको भूपू ब्रिटिश आर्मी नेम्बाङ यस पटक केही समय नेपालमा नै बस्नेगरि आउनु भएको बताउनु भयो ।
नेपालमा आइपुगेपछि अलसतलस हुने तथा मुटु तथा कलेजोमा केही असर देखिपनि सुधार भएको अस्पतालले जनाएको छ ।
गीतकार नेम्बाङलाई ४ दिनपछि फलोअपको लागि अस्पतालले बोलाएको छ ।
गीतकार नेम्बाङ अस्पताल भर्ना भएको जानकारी पाउन साथ गायिका मनु नेम्बाङ, गायक दिपक लिम्बु, गायिका देसु सुहाङ, विगसो सभापति पदम लिम्बु, चलचित्र निर्देशक तथा सञ्चारकर्मी चन्द्र वाम्बुले लगायतले अस्पतालमै भेटेर सिघ्र स्वस्थ्य लाभको कामना व्यक्त गरेको थिए ।
गत आइतबार दिउसो भर्ना भएको गीतकार नेम्बाङ हिजो सोमबार साझ डिस्चार्ज चएका हुन ।