हरेक वर्षको २१ नोभेम्बरमा विश्व टेलिभिजन दिवस मनाइन्छ । यस वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरी विश्व टेलिभिजन दिवस नेपालमा पनि मनाइँदै छ ।
२०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो । तर विश्वमा सन् १९३० को दशकमा प्रशारण शुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा स्थापित छ ।
टेलिभिजन शुरुवात सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रशारण गरेको पाइन्छ । सन् १९५४ देखि रंगिन टेलिभिजनको विकास भएको थियो । विश्वका धेरै देशमा ब्ल्याक इन हवाइट टेलिभिजन शुरुवात भयो ।
तर नेपालमा ब्ल्याक इन हवाइट नभएर सिधै रंगीन टेलिभिजनको शुरुवात भयो । नेपालमा सन् १९७० ताका टेलिभिजन सेटहरु भित्रिएको पाइन्छ ।
नेपालमा नयाँ प्रविधि भएकाले दर्शक आकर्षण गर्ने कार्यक्रमहरु नभए पनि दर्शकहरु माझ टेलिभिजन लोकप्रिय थिए । तर पछिल्लो समय टेलिभिजनको प्रभावकारीता नहुँदा दर्शकहरु माझ लोकप्रियता घट्दै गएको पाइन्छ ।
नेपाली दर्शकहरु पछिल्लो समय लोकप्रिय कार्यक्रम र भारतीय मेगा रिसेलहरु हेर्न थालेका छन् ।