माघ ५, काठमाण्डौँ ।
हरेक सभ्यताले आफ्नो छुट्टै इतिहास संस्कार संस्कृति ऐतिहासिकता लोक कथा संगै मानिसको जीवनमा आवश्यकता पर्ने खाद्यान्न प्रणाली पनि साथमा बोकेको हुन्छ ।
यिनै संस्कार, संस्कृति, इतिहास, ऐतिहासिकता तथा लोककथा संगै मानिसको जीवनमा आवश्यकता पर्ने खाद्यान्न प्रणाली बोकेको एउटा सभ्यता हो, नेपालमण्डल सभ्यता ।
नेपालमण्डल सभ्यताको पनि आफ्नो छुट्टै अस्तित्व र पहिचान छ। जसको आफ्नो छुट्टै खाद्यान्न प्रणाली छ । आफ्नो छुट्टै संस्कार संस्कृति संगै लोक कथा इतिहास र ऐतिहासिकता पनि छ ।
यसै सभ्यता अन्तर्गत रहेको मानव जीवनमा आवश्यकता पर्ने खाद्यान्न प्रणाली अन्तर्गत यहाँ प्रयोग हुने विभिन्न खाद्यान्न परिकार मध्ये एक विशेष किसिमको खाद्य परिकार मासको बारा अर्थात वः नेवारी परिकार ।
यो परिकार विशेषतः काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुर, खोकना, धुलिखेल, बनेपा, पनौती, नाला, दोलखा देखि चित्लाङ्ग पालुङ लगायत प्रत्येक नेवार बस्तीमा पाइने गरिन्छ ।
यो एक प्रकारको मासको दालबाट तयार गरिने गोलो रोटी आकारको खाद्यान्न हो। यो परिकार बनाउन सुरुमा मासको दाललाई बनाउनु एकदिन अगाडि चिसो पानीमा पुरा भिजाई त्यसलाई भोलिपल्ट पानी तारेर उक्त दाललाई मासको दाल पेल्ने खल वा विद्युतीय मिक्सरमा पेलेर उक्त दालको पिठोमा नुन जिरा मरिच अदुवा लसुन हिंग लगायत विभिन्न मरमसला हालेर बनाई रोटी जस्तो गोलो आकार बनाई रोटी पकाउने तावामा अलिकति तेलको सहायताले बनाउने गरिन्छ ।
पहिले पहिले भए मासको दालको पिठो बनाउन मसला पेल्ने खलमा पानीले भिजेको दाललाई पिसेर पिठो बनाउने गरिन्थ्यो भने हाल आएर विद्युतीय साधन आए देखि विद्युतीय साधनमा मासको दाल पेलेर पिठो बनाउने गरिन्छ ।
मूलतः यो शुद्ध शाकाहारी खाना हो। यसको प्रयोग पूजाआजा देखि विभिन्न गुठी शुभ साइतमा दिइने खेँ सगं (सगुन)परम्परा देखि धार्मिक कार्यमा समेत हुने गर्दछ। यो परिकारको विकास नेवार समाजमा धार्मिक प्रथा बाट नै भएको मान्न सकिन्छ ।