खोटाङकी एक १५ वर्षीया किशोरीको मोरङमा बीभत्स हत्या भएको छ । ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे घर भएकी ज्ञानमती थुलुङ राईको मोरङ पथरीशनिश्चरे नगरपालिका–७ लामाटोलमा सोमबार राती धारिलो हतियार प्रहार गरी बीभत्स हत्या भएको हो ।
खोटाङको ज्यामिरे घर भएकी किशोरी राई २ वर्षदेखि मामाको छोरा दाई विनोद राईको घर मोरङमा बसेर पढ्दै आएकी थिइन् । उनी पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् । नास्ता पसल सञ्चालन गर्दै आएका दाई विनोदलाई पसलमा सहयोग गर्दै उनी पढ्दै आएकी बताइएको छ ।
प्रहरीका अनुसार सोमबार राति साढे १० बजे कोठाबाट शौचालय जाने क्रममा उनको गर्धनमा धारिलो हतियार प्रहार भएको थियो । हतियार प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । किशोरी ज्ञानुमती राईको हत्यामा संलग्न मोरङ ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरीलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।
ज्ञानुको हत्या गरि फरार रहेको अभियुक्तलाई नेपाल प्रहरीले बेलबारी स्थित भाउन्ने जंगलबाट पक्राउ गरि मोरङ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरी रहेका छन् । हत्या गरि फरार चौदरीलाई एको थियो ।