प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् ।
सरकारमा एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना गरी मन्त्रिपरिषद १८ सदस्यीय भएको छ ।
एमालेबाट सचिव रघुवीर महासेठ नेतृत्वमा ८ जना मन्त्री बन्ने भएकाछन । रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री, पदम गिरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, हरि उप्रेती रक्षामन्त्री, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री र राजेन्द्र राईले खानेपानीमन्त्री, दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षीमन्त्री र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेकाछन ।
नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, वर्षमान पुन अर्थमन्त्री, शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री र समुना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी छन् ।
पद तथा गोपनीयताको शपथ लिन बाँकी मन्त्रीहरुले बुधबार नै लिनेछन् ।