यल इतिल्हन सम्यक महादान पर्व २०८० हरेक ५ वर्षमा हिरण्यवर्ण महाविहारको तत्वावधानमा नागबहाल स्थित सम्यक महादान पर्व आयोजना गरिन्छ, जसमा काठमाण्डौँ उपत्यका भरको सम्बन्धित दिपंकर बुद्धको विशाल प्रतिमाहरु ल्याई सर्वप्रथम पाटन दरवार अगाडि भेला गरी लस्करै नागबहालमा भित्र्याइन्छ।
यस परम्परा काठमाण्डौँ उपत्यकाको मौलिक बज्रयान बौद्ध धर्मसंग सम्बन्धित पर्व हो। तर यही पर्वमा नागबहालमा दिपंकर बुद्धको प्रतिमाहरु एक-एक गरी भित्र्याइरहदाँ बज्रयान परम्परा मात्र नभई काठमाण्डौँ उपत्यकाको वैदिक परम्परा पनि गाँसिएको छ। यसरी भित्र्याउने कार्य भइरहँदा, पाटनका राजोपाध्याय व्राह्मणहरु मध्ये स्वनिह्म कूलको अ:ब परिवारबाट स्वस्तिवाचन गरी शुक्ल यजुर्वेद (माध्यान्दिनी शाखा, वाजसनेय संहिता) पाठ गर्ने चलन रही आएको छ।
बज्रयान परम्परामरको पर्वमा शैव-शाक्त सम्प्रदायको राजोपाध्याय व्राह्मणहरुको यो वैदिक परम्परा पनि अनिवार्य, अटुट परम्परा हो। यसले हाम्रो काठमाण्डौँ उपत्यकामा पहिले र हालसम्म पनि हिन्दु-बौद्ध भनी छुट्टाछुट्टै हिसाबले मानिरहेको देखिन्न। दुवै सम्प्रदायको पर्वमा यसरी धार्मिक सहिष्णुता सहितको समावेशीता भेटिन्छ।
जस्तैः रातो मत्स्येन्द्रनाथको जात्रा, दशैपर्व मूलचोकमा, कुमारी परम्परा, दशमहाविद्यापूजा, न्येकू,जात्रा, भिन्द्य पूजा, भिन्द्य जात्रा, आदि।